भारत नेपालका लागि ठूलो व्यापारिक सहायता मुलुक हो : सुनिल केसी

Author

सजिलो पत्रिका

२०८२ माघ १९, सोमबार

25
Share
Featured

काठमाडौँ

नेपालभारत चेम्बर अफ कमर्स एन्ड इन्डिस्ट्री (निक्की)का अध्यक्ष सुनिल केसीले नेपालको निर्यात तथा आयात दुवै गन्तव्यका हिसावले भारत नेपालको सबैभन्दा ठूलो व्यापारिक सहायता मुलुक भएको बताएका छन् ।

नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले आयोजना गरेको भारत सरकारको बजेट र नेपालले लिन सक्ने लाभ र चुनौती विषयक अन्तरक्रियामा केसीले १५० मुलुकसँग व्यापारिक सम्बन्ध नेपालको रहेपनि भारत अझ नेपालका लागि ठूलो व्यापारिक मुलुक भएको बताएका हुन् ।

उनले भने, ‘निर्यात व्यापारमा नेपालको विश्वका करिब १५० मुलुकसँग व्यापारिक सम्बन्ध छ । तर निर्यात तथा आयात दुवै गन्तव्यका हिसावले भारत नेपालको सबैभन्दा ठूलो व्यापारिक सहायता मुलुक हो । भारतको उत्पादन विस्तार र आधुनिकता दुवै देशका लागि अवसर र चुनौती हुन्, बजेटमा भएका व्यवस्थाले नेपालमा उत्पादन भएका वस्तुको आपूर्ति र जनशक्तिका लागि अवसरका ढोका खोल्नेमा हाम्रो विश्वास छ ।’

साथै उनले भारत सरकारले आर्थिक वर्ष २०२६–२७ का लागि ल्याएको बजेटमा भएका व्यवस्थाका कारण नेपालले विभिन्न क्षेत्रमा लाभ लिन सक्ने धारणा राखे । भारत सरकारले बजेटले कुल ग्रार्हस्थ्य उत्पादनमा सात प्रतिशत वृद्धिको लक्ष्य लिएकाले नेपालका निर्यात उद्योग थप स्थिर र विस्तार हुने बताए । उनले बजेटका कारण नेपालमा उत्पादन, रोजगारी र निर्यात आम्दानीमा सकारात्मक प्रभाव पर्ने बताए ।

यो समाचारमा

नेपालभारतकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    नयाँ आर्थिक वर्षसँगै नयाँ आयकरको व्यवस्था लागु : १० लाखसम्म कमाउनेलाई १५ मात्र कर

    काठमाडौं। नयाँ आर्थिक वर्षको सुरुवातसँगै सरकारले व्यक्तिगत आयकरको न्यूनतम सीमा (थ्रेसहोल्ड) बढाएर सर्वसाधारणलाई ठुलो राहत दिएको छ। आर्थिक ऐन २०८३ अनुसार आजैदेखि लागु हुने गरी व्यक्तिगत आयकरको सीमा बढाउनुका साथै अधिकतम करको दरमा समेत भारी कटौती गरिएको छ। अर्थ मन्त्रालयका अनुसार आम नागरिकको करको बोझ कम गर्ने उद्देश्यले यो नयाँ

    Data is loading...

    Loading brands...

    Loading footer...