सर्वोच्चको फैसला-शरद ओझा बीमा प्राधिकरणमा फर्किन नपाउने

Author

सजिलो पत्रिका

२०८२ माघ १९, सोमबार

23
Share
Featured
  • सर्वोच्च अदालतले अन्तरिम आदेश नदिएपछि पूर्वअध्यक्ष शरद ओझा बीमा प्राधिकरणमा तत्काल फर्किन नपाउने भएका छन्।
  • अदालतले सरकारले कानुनी प्रक्रिया पूरा गरेरै ओझालाई बर्खास्त गरेको ठहर गरेको छ।
  • निर्वाचन आचारसंहिताका कारण नयाँ अध्यक्ष नियुक्ति नहुँदा सङ्घीय मामिला सचिव चन्द्रकला पौडेललाई जिम्मेवारी दिइएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नेपाल बीमा प्राधिकरणका पूर्वअध्यक्ष शरद ओझा तत्काल प्राधिकरणमा फर्किन नपाउने भएका छन्। तत्कालीन सरकारले गरेको बर्खास्तीको निर्णयविरुद्ध सर्वोच्च अदालत पुगेका ओझाको पक्षमा अन्तरिम आदेश नआएपछि उनको पुनर्बहालीको बाटो बन्द भएको हो।

न्यायाधीशद्वय नहकुल सुवेदी र टेकप्रसाद ढुङ्गानाको संयुक्त इजलासले सरकारले कानुनी प्रक्रिया पुर्‍याएरै बर्खास्ती गरेको ठहर गर्दै यसअघिको अन्तरकालीन आदेशलाई निरन्तरता नदिने निर्णय गरेको छ। सर्वोच्चको यो निर्णयसँगै ओझाको प्राधिकरणमा फर्किने सम्भावना समाप्त भएको छ।

हाल निर्वाचन आचारसंहिताका कारण नयाँ अध्यक्ष नियुक्ति हुन नसक्ने भएपछि सरकारले सङ्घीय मामिला सचिव चन्द्रकला पौडेललाई प्राधिकरणको जिम्मेवारी सुम्पेको छ।

यो समाचारमा

नेपाल बीमा प्राधिकरणसर्वोच्च अदालतकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ - राष्ट्रपति पौडेल

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विकास निर्माणको केन्द्रमा मानव र प्रकृतिलाई राख्नुपर्नेमा जोड दिएका छन्। नेपाल इन्जिनियर्स एसोसिएसनको ६४औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले विकासको अवधारणा जनताको कल्याण र मुलुकको समृद्धिसँग जोडिनुपर्ने बताए।जलवायु परिवर्तनको बढ्दो चुनौतीलाई मध्यनजर गर्दै अबका पूर्वाधारहरू दिगो, पर्यावरणमैत्री र 'हरित विकास' को सिद्धान्तमा आधारित हुनुपर्ने राष्ट्रपतिको भनाइ

    Data is loading...

    Loading brands...

    Loading footer...