गगन थापाको नेतृत्वमा कांग्रेसले देश विकासको स्पष्ट खाका कोर्नेछ-विनोद चौधरी

Author

सजिलो पत्रिका

२०८२ माघ १८, आइतबार

22
Share
Featured
  • नवलपरासी (वसुप)–१ मा नेपाली कांग्रेसले चुनावी अभियान तीव्र बनाउँदै गगन थापाको नेतृत्वमा देश विकासको स्पष्ट खाका रहेको दाबी गर्‍यो।
  • उम्मेदवार विनोद चौधरीसहित नेताहरूले पार्टी एकता, सुशासन र भ्रष्टाचार अन्त्यलाई मुख्य एजेन्डा बनाएर जित सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गरे।
  • कार्यक्रममा कांग्रेस एकढिक्का भएर अघि बढेको सन्देश दिँदै युवापुस्ता र जेनजीको भावना बुझेर विकासको मार्गचित्र कोर्ने बताइयो।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

आम निर्वाचनको मिति नजिकिँदै जाँदा नवलपरासी (बर्दघाट सुस्ता पूर्व) क्षेत्र नं. १ मा नेपाली काँग्रेसले चुनावी अभियानलाई तीव्र बनाएको छ ।

प्रतिनिधि सभा क्षेत्र नं. १ को चुनाव प्रचार–प्रसार समितिको कार्यालय, बर्दघाटमा आयोजित कार्यक्रममा कांग्रेसका केन्द्रीय सदस्य तथा यस क्षेत्रका उम्मेदवार विनोद चौधरीले गगन थापाको नेतृत्वमा कांग्रेसले देश विकासको स्पष्ट खाका कोर्ने दाबी गरे ।

‘बदल्यौं कांग्रेस, बदल्छौं देश’ भन्ने मूल नारासहित भएको कार्यक्रममा महाधिवेशन प्रतिनिधिहरू, जिल्ला नेतृत्व र कार्यकर्ताहरूको उल्लेख्य उपस्थिति थियो । वक्ताहरूले कांग्रेस एक ढिक्का भएर अगाडि बढे जित सुनिश्चित हुने धारणा राख्दै वर्तमान अवस्थामा पार्टी एकताकै खाँचो रहेको औंल्याए ।

कांग्रेस जिल्ला सचिव कुलदीप आचार्यले कार्यकर्ता संरक्षण नै भोट संरक्षण भएको उल्लेख गर्दै विश्वले चिनेका व्यक्तित्व विनोद चौधरीलाई आफ्नै क्षेत्रमा जिताउन कठिन नहुने बताए । ‘सबै एकजुट भएर लाग्यौं भने परिणाम हाम्रो पक्षमा आउँछ,’ उनले भने ।

निवर्तमान सांसद समेत रहेका चौधरी २०७९ को निर्वाचनमा यसै क्षेत्रबाट निर्वाचित भएका थिए । उनले कांग्रेसको इतिहास क्रान्ति र आन्दोलनमार्फत आर्थिक, सामाजिक र राजनीतिक रूपान्तरणको साक्षी भएको उल्लेख गर्दै अब त्यो इतिहासलाई विकासको मार्गचित्रमा रूपान्तरण गर्ने समय आएको बताए ।

‘मेरो मनमा कहिल्यै आग्रह–पूर्वाग्रह छैन। विकासको बाटो कांग्रेसले कोर्छ, र गगन थापाको नेतृत्वको कांग्रेसले देश विकासको रेखा कोर्छ,’ चौधरीले भने । उनले विशेषगरी युवापुस्ता, खासगरी जेनजी पुस्ताको भावना र आन्दोलनको मर्म कांग्रेसले बुझिसकेको दाबी गर्दै सुशासन कायम र भ्रष्टाचारको अन्त्य नै पार्टीको मूल एजेण्डा रहेको स्पष्ट पारे ।

कार्यक्रममा सहभागी नेताहरूले नवलपरासी क्षेत्र नं. १ मा कांग्रेस एकताबद्ध भएर चुनावी मैदानमा उत्रिएको सन्देश दिँदै आगामी निर्वाचनमा जित सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

यो समाचारमा

नेपाली काँग्रेसनवलपरासी (बर्दघाट सुस्ता पूर्व)प्रतिनिधि सभाकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    प्रदेशमा तीन दल मिलेर सरकार बनाउने प्रस्तावमा गगन थापाको असहमति

    काठमाडौं ।  नेपाली काँग्रेसका सभापति गगन थापाले प्रदेश सरकार गठनका सन्दर्भमा तीन ठूला दलहरू (कांग्रेस, एमाले र माओवादी) मिल्नुपर्ने प्रस्तावप्रति कडा विमति प्रकट गरेका छन्। आइतबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै थापाले तीन दल मिलेर सरकार बनाउँदा प्रदेश संसद् प्रतिपक्षविहीन हुने र यसले लोकतान्त्रिक मूल्य तथा जनमतको अपमान हुने बताए।थापाले

    Data is loading...

    Loading brands...

    Loading footer...