कूटनीतिक सम्बन्धको ७० वर्षगाँठमा राष्ट्रपति पौडेल जापान जाँदै

Author

सजिलो पत्रिका

२०८२ माघ १८, आइतबार

21
Share
Featured
  • राष्ट्रपति रामचन्द्र पौडेल नेपाल–जापान कूटनीतिक सम्बन्धको ७०औँ वर्षगाँठका अवसरमा आज जापान प्रस्थान गर्दैछन्।
  • भ्रमणका क्रममा सम्राट नारुहितो र प्रधानमन्त्री ताकाइची सानाएसँग शिष्टाचार भेटवार्ता हुनेछ।
  • जापानी व्यावसायिक समुदाय र जापानस्थित नेपाली समुदायसँग अन्तरक्रिया गरी माघ २१ गते स्वदेश फर्कनेछन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नेपालजापान कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वर्षगाँठको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल आज आइतबार जापानको औपचारिक भ्रमणमा प्रस्थान गर्ने भएका छन्। जापान सरकारको निमन्त्रणामा राष्ट्रपति पौडेल नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै जापान जाने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

परराष्ट्र सचिव अमृतबहादुर राईका अनुसार राष्ट्रपति पौडेल आज राति ११ः३० बजे नेपाल एयरलाइन्सको उडान नम्बर ४३३ मार्फत जापान प्रस्थान गर्नेछन्। भ्रमण सम्पन्न गरी उनी माघ २१ गते अपराह्न ४ः३० बजे स्वदेश फर्कने कार्यक्रम रहेको छ।

भ्रमणका क्रममा माघ १९ गते जापान सरकारले आयोजना गर्ने नेपाल–जापान कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सवसम्बन्धी विशेष समारोहमा राष्ट्रपति पौडेल सहभागी हुनेछन्।

त्यसैगरी माघ २० गते टोकियोस्थित इम्पेरियल प्यालेसमा जापानका सम्राट नारुहितोसँग राष्ट्रपति पौडेलको राजकीय शिष्टाचार भेट तय गरिएको छ। सोही दिन जापानका प्रधानमन्त्री सुश्री ताकाइची सानाएसँग पनि राष्ट्रपति पौडेलको भेटवार्ता हुने तालिका रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। भ्रमणकै क्रममा जापानका विदेश राज्यमन्त्री होरिइ इवाओसँग पनि शिष्टाचार भेट हुनेछ।

यस भ्रमणका दौरान राष्ट्रपति पौडेल जापानी व्यावसायिक समुदायसँगको अन्तरक्रियामा सहभागी हुनेछन् भने जापानस्थित नेपाली राजदूतावासले आयोजना गर्ने स्वागत समारोहमा पनि उपस्थित हुने कार्यक्रम छ।

राष्ट्रपति पौडेलसँगै उनकी धर्मपत्नी सबिता पौडेल तथा उच्चस्तरीय सरकारी अधिकारीहरू भ्रमण टोलीमा सहभागी हुनेछन्।

यो समाचारमा

जापानकाठमाडौँनेपालरामचन्द्र पौडेल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    भारतमा प्रश्नपत्र चुहावटविरुद्ध 'कक्रोच' आन्दोलन चर्कियो, संसद् भवन घेर्ने प्रयास

    काठमाडौं । भारतमा प्रश्नपत्र चुहावट र शिक्षा प्रणालीमा सुधारको माग गर्दै युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनले उग्र रूप लिएको छ। सोमबार हजारौँ प्रदर्शनकारीहरू राजधानी नयाँदिल्लीको जन्तरमन्तरमा भेला भई संसद् भवनतर्फ मार्च गर्ने प्रयास गरेका छन्। संसद्को मनसुन अधिवेशन जारी रहेकाले प्रहरीले सुरक्षाको कारण देखाउँदै मार्चको अनुमति नदिएपछि दिल्लीको सुरक्षा व्यवस्था अत्यन्त

    Data is loading...

    Loading brands...

    Loading footer...