रुस–युक्रेन युद्ध अन्त्यतर्फ प्रगति भएको ट्रम्पको दाबी

Author

सजिलो पत्रिका

२०८२ माघ १७, शनिबार

31
Share
Featured


अमेरिकी राष्ट्रपति डोनाल्ड जोन ट्रम्पले रूसयुक्रेन युद्ध अन्त्यतर्फ केही प्रगति भइरहेको बताएका छन् । यद्यपि युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनबीचको चिसिएको सम्बन्धका कारण शान्ति प्रयास “कठिन” बनेको पनि उनले स्वीकार गरेका छन् ।
शुक्रबार ह्वाइट हाउसमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले भने,“जेलेन्स्की र पुटिन एक–अर्कालाई घृणा गर्छन् । जसले समाधान निकाल्न निकै कठिन बनाएको छ । तर हामी सम्झौताका निकै नजिक पुगिरहेका छौँ । यसलाई टुंग्याउने राम्रो सम्भावना देख्छु ।”

ट्रम्पका यी अभिव्यक्ति उनले हालै पुटिनसँग फोन संवाद गरेको खुलासा गरेको एक दिनपछि आएका हुन् । उक्त संवादमा ट्रम्पले कडा जाडोका कारण मानवीय अवस्था जटिल बनेको भन्दै कीभ तथा अन्य शहरमाथि आक्रमण केही समयका लागि रोक्न अनुरोध गरेका थिए ।
क्याबिनेट बैठकमा ट्रम्पले भने,“मैले व्यक्तिगत रूपमा राष्ट्रपति पुटिनलाई एक हप्ताका लागि कीभ र अन्य सहरहरूमा आक्रमण नगर्न आग्रह गरेँ, र उहाँ त्यसमा सहमत हुनुभयो । धेरैले भनेका थिए—‘फोन कल खेर जानेछ’—तर उहाँले त्यसो गर्नुभएन ।”
आफ्नो अनुरोधको कारण स्पष्ट पार्दै ट्रम्पले युक्रेन क्षेत्रमा असाधारण चिसो परेको उल्लेख गरे । “त्यहाँ असाधारण जाडो छ, रेकर्ड तोड्ने चिसो । यो यहाँ वासिङ्टनमा परेको चिसोसँग मिल्दोजुल्दो छ,” उनले भने ।

तर, कूटनीतिक प्रयासका बीच पनि जमिनमा हिंसा भने जारी छ । युक्रेनी अधिकारीहरूका अनुसार बिहीबार राति दक्षिणी जापोरिझ्झिया क्षेत्रमा रूसी ड्रोन आक्रमणमा तीन जनाको मृत्यु भएको छ । यस्तै, राष्ट्रपति जेलेन्स्कीले रूसले अर्को ठूलो आक्रमणको तयारी गरिरहेको चेतावनी दिएका छन् ।

यी घटनाक्रम आउँदो सप्ताहन्तमा हुने अपेक्षित अमेरिकी मध्यस्थतामा शान्ति वार्ताको पृष्ठभूमिमा भएका हुन् । यसैबीच, रूसले युद्ध अन्त्यका लागि वार्ताका लागि जेलेन्स्कीलाई मस्को आमन्त्रण गरेको छ । क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले बिहीबार उक्त जानकारी दिएका हुन् ।
गत साता अबुधाबीमा रूस, युक्रेन र अमेरिकाबीच पहिलो त्रिपक्षीय बैठक सम्पन्न भएपछि मस्कोलाई सम्भावित वार्ता स्थलका रूपमा विचार गरिएको पेस्कोभले रूसी समाचार संस्था टासलाई बताएका छन् ।

लगातार दोस्रो दिन वरिष्ठ क्रेमलिन अधिकारीहरूले जेलेन्स्की वार्ताका लागि तयार भए मस्कोमा स्वागत गरिने संकेत दिएका छन् । राष्ट्रपति सहायक युरी उशाकोभले युक्रेनी राष्ट्रपतिको सुरक्षाको पूर्ण प्रत्याभूति र आवश्यक सबै व्यवस्था गरिने बताएका छन् ।

यो समाचारमा

डोनाल्ड जोन ट्रम्परूसभ्लादिमिर पुटिनह्वाइट हाउस
काठमाडौँ6 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    इरान वार्तामा नआए विद्युत केन्द्र र रणनीतिक पुलहरू ध्वस्त पार्ने ट्रम्पको कडा चेतावनी

    एजेन्सी । अमेरिकाले इरानविरुद्धको सैन्य अभियानलाई थप तीव्र बनाउँदै लगातार चौथो दिन मंगलबार पनि विभिन्न स्थानमा आक्रमण गरेको छ । साथै, इरानी बन्दरगाहतर्फ आउने-जाने जहाजहरू रोक्ने उद्देश्यसहित नौसैनिक नाकाबन्दी पुनः लागू गरेपछि वासिङ्टन र तेहरानबीचको तनाव थप चुलिएको छ । इरानी पक्षले यस कदमले युद्धविराम तथा शान्ति वार्ताका लागि भएको

    Data is loading...

    Loading brands...

    Loading footer...