अबको परिवर्तन नयाँ पुस्ताको सुनिश्चित भविष्यको लागि हो :अध्यक्ष यादव

Author

सजिलो पत्रिका

२०८२ माघ १६, शुक्रबार

17
Share
Featured
  • उपेन्द्र यादवले विगतको परिवर्तनलाई संस्थागत गर्ने क्रममा राज्यसत्ताबाट बेइमानी भएको भन्दै अबको परिवर्तन नयाँ पुस्ताको उज्जवल भविष्यका लागि हुनुपर्ने बताए।
  • देशको आवश्यकता अनुसार संविधान संशोधन वा पुनर्लेखन गरी शासकीय स्वरूप, निर्वाचन र न्याय प्रणाली परिवर्तन गर्नुपर्ने उनको भनाइ छ।
  • जसपा नेपाल जातीय पहिचानसहित १०+१ प्रदेश संरचना लागू गर्ने र संघीयतालाई व्यवहारमा उतार्ने अडानमा दृढ रहेको उनले स्पष्ट गरे।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले विभिन्न संघर्षबाट प्राप्त परिवर्तनलाई संस्थागत गर्ने नाममा विगतको राज्यसत्ताबाट धेरै बेइमानी भएकोले अबको परिवर्तन सिर्फ सत्ताको लागि नभई नयाँ पुस्ताको उज्जवल एवं सुनिश्चित भविष्यको लागि हुने बताएका छन् ।

प्रतिनिधि सभा निर्वाचन सप्तरी क्षेत्र नं. ३ का उम्मेदबारको रुपमा चुनावी अभियानमा रहेका अध्यक्ष यादवले देश र जनताको चाहना र आवश्यकता अनुसार संविधान संशोधन वा पुनर्लेखर गरेर नयाँ पुस्ताको भविष्य संविधानमा सुरक्षित हुनुपर्ने बताएका हुन् ।

‘आजको नेपाल पुरानै संबैधानिक संरचनामा अड्किएको छ, जसले न त स्थायित्व दिएको छ, न त न्याय । राजनीतिक अस्थिरता, कमजोर संघीयता र पहिचानको अभावले युवा पुस्ताको भविष्य अन्योलमा छ’, जसपा नेपालले सार्वजनिक गरेको प्रतिबद्धता पत्रलाई उल्लेख गर्दै उनले भन, ‘शासकीय स्वरूप, निर्वाचन प्रणाली र न्याय प्रणालीलाई परिवर्तनका साथै राष्ट्रिय समास्याहरूको समाधान गर्न संविधान संशोधन÷पुनर्लेखन गरेर देशलाई निकास दिन पर्दछ ।’

राष्ट्रिय जातीय पहिचान झल्कने गरी राज्य पुनर्सरचना उच्चस्तरीय आयोग २०६८ को प्रतिवेदनअनुसार जातीय पहिचानसहित (१०+१) प्रदेश संरचना लागू गराउन जसपा नेपाल अडिग रहेको उनले बताए ।

संघीयता र नयाँ पुस्ताको परिवर्तनको माग विरुद्ध कुनै सम्झौता नहुने भन्दै अध्यक्ष यादवले भने, ‘संघीयतालाई कागजको होइन, व्यवहारको बनाउने हाम्रो दृढ अडान हो । अबको यो परिवर्तन सत्ताको लागि होइन, नयाँ पुस्ताको सुन्दर भविष्यका लागि हो, त्यसमा जसपा नेपाल दृढ छ ।’

यो समाचारमा

काठमाडौँजनता समाजवादी पार्टी, नेपाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    प्रतिनिधिसभामा सीमान्तकृतको कमजोर प्रतिनिधित्व

    काठमाडौँप्रतिनिधिसभा सदस्यको निर्वाचनसँगै प्रत्यक्ष र समानुपातिकतर्फको नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी पहिलो, नेपाली काँग्रेस दोस्रो, नेपाल कम्युनिष्ट पार्टी (एमाले) तेस्रो र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) चौथो पार्टी बनेको छ । यस पटक सीमान्तृकत समुदायको उपस्थिति कमजोर देखिएको छ । प्रत्यक्षतर्फ १६५ मध्ये जम्मा १४ जना (८.४८ प्रतिशत) छ

    Data is loading...

    Loading brands...

    Loading footer...