भूतपूर्व सुरक्षाकर्मीहरुलाई सम्मान गर्न राजु पाण्डेको माग

Author

सजिलो पत्रिका

२०८२ माघ १६, शुक्रबार

21
Share
Featured

काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधि सभा उम्मेदवार राजु पाण्डेले राज्यले भूतपूर्व सुरक्षाकर्मीहरुलाई पनि सम्मान गर्नुपर्ने बताएका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित अन्य पार्टीका नेता कार्यकर्ता रास्वपा प्रवेश कार्यक्रममा उनले राज्यले बजेट ल्याउने बेला बाहलवाला कर्मचारीलाई महंगी भत्ता भनेर दिएपनि भूतपूर्व सुरक्षाकर्मीहरुको लागि त्यस्तो व्यवस्था नभएको भन्दै राज्यले व्यक्तिहरुलाई पनि सम्मान गर्नुपर्ने बताए ।

उनले भने, ‘राज्यले बजेट ल्याउने बेला वहालवाला कर्मचारीलाई महंगी भत्ता भनेर दिन्छ । त्यो भूतपूर्व सुरक्षाकर्मीलाई दिनु पर्दैन् ? भूतपूर्व आधा तलबले बाच्नुपर्ने अवस्था छ । उनीहरुलाई हेर्नु पर्दैन् ? सुरक्षाकर्मी भनेको जति बेला पनि राज्यलाई आवश्यक पर्ने समूह हो । उनीहरुलाई राज्यले सम्मान गर्नुपर्छ भन्ने लाग्छ ।’

यस्तै, उनले सुरक्षाकर्मीहरु आफ्नो घर परिवार, छोराछोरी एकातिर छाडेर राज्यको सुरक्षाको लागि खट्ने गरेको भन्दै उनीहरुलाई रेटाएर हुने बेलाकेवल एउटा माला, खादा र टीका मात्रै दिइने पनि उल्लेख गरे ।

उनले सरुवा बढुवा हरेक कुराको लागि राजनीतिक हस्क्षप हुने गरेको पनि आरोप लगाएका छन् । पाण्डे रास्वपाबाट काठमाडौं क्षेत्र नम्बर ३ का प्रत्यक्षतर्फका उम्मेदवार हुन् ।

यो समाचारमा

राष्ट्रिय स्वतन्त्र पार्टीकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    प्रदेशमा तीन दल मिलेर सरकार बनाउने प्रस्तावमा गगन थापाको असहमति

    काठमाडौं ।  नेपाली काँग्रेसका सभापति गगन थापाले प्रदेश सरकार गठनका सन्दर्भमा तीन ठूला दलहरू (कांग्रेस, एमाले र माओवादी) मिल्नुपर्ने प्रस्तावप्रति कडा विमति प्रकट गरेका छन्। आइतबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै थापाले तीन दल मिलेर सरकार बनाउँदा प्रदेश संसद् प्रतिपक्षविहीन हुने र यसले लोकतान्त्रिक मूल्य तथा जनमतको अपमान हुने बताए।थापाले

    Data is loading...

    Loading brands...

    Loading footer...