फागुन २१ को निर्वाचनलाई लक्षित गर्दै आयोगद्वारा मतदाता सचेतना तीव्र, नमूना मतपत्र सार्वजनिक

Author

सजिलो पत्रिका

२०८२ माघ १६, शुक्रबार

34
Share
Featured
  • प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आयोगले मतदाता सचेतना कार्यक्रम तीव्र बनाएको छ र जिल्ला तथा निर्वाचन क्षेत्रअनुसार फरक–फरक नमूना मतपत्र सार्वजनिक गरेको छ।
  • निर्वाचन क्षेत्र र उम्मेदवारको सङ्ख्याअनुसार मतपत्रको प्रकार र आकार फरक हुने छ; धेरै उम्मेदवार भएका ठाउँमा ठूलो र कम भएका ठाउँमा सानो मतपत्र प्रयोग हुनेछ।
  • कर्णाली र सुदूरपश्चिम प्रदेशका सबै निर्वाचन क्षेत्रका नमूना मतपत्र सार्वजनिक भइसकेका छन्, अन्य जिल्लाका पनि क्रमशः सार्वजनिक हुँदै छन्, र मतदाता सचेतनाका लागि ती नमूना मतपत्र मतदान केन्द्रसम्म पठाइँदै छन्।
समाचार सारांशGenerated using AI.


आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आयोगले मतदाता सचेतना कार्यक्रमलाई तीव्र बनाएको छ ।
सोहीक्रममा आयोगले देशभरका विभिन्न जिल्ला तथा निर्वाचन क्षेत्रअनुसारका नमूना मतपत्र सार्वजनिक गरेको छ ।

आयोगका अनुसार सातै प्रदेशका जिल्लामा रहेका निर्वाचन क्षेत्रको संरचनाअनुसार फरक–फरक प्रकारका मतपत्र तयार पारिएको छ । एउटा मात्र निर्वाचन क्षेत्र भएको जिल्लाका लागि एक प्रकारको र एकभन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लाका लागि अर्को प्रकारको नमूना मतपत्र सार्वजनिक गरिएको हो ।

उम्मेदवारको सङ्ख्याअनुसार पनि मतपत्रको आकार फरक हुने आयोगले जनाएको छ। धेरै उम्मेदवार भएका निर्वाचन क्षेत्रमा मतपत्रको आकार ठूलो र कम उम्मेदवार भएका क्षेत्रमा सानो मतपत्र रहनेछ ।

विशेषगरी सबैभन्दा धेरै निर्वाचन क्षेत्र तथा उम्मेदवार रहेको काठमाडौं जिल्लामा प्रयोग हुने मतपत्र आकारमा ठूलो हुनेछ ।

कर्णाली प्रदेशअन्तर्गत सल्यान, डोल्पा, मुगु, जुम्ला, कालिकोट, हुम्ला, जाजरकोट र रुकुमपश्चिममा एउटा मात्र निर्वाचन क्षेत्र रहेको छ भने दैलेख र सुर्खेतमा दुई–दुई निर्वाचन क्षेत्र रहेका छन्। ती जिल्लाका वास्तविक नमूना मतपत्रसमेत आयोगले सार्वजनिक गरिसकेको छ ।

यस्तै, सुदूरपश्चिम प्रदेशका बाजुरा, बझाङ, डोटी, दार्चुला, बैतडी र डडेल्धुरामा एक–एक निर्वाचन क्षेत्र रहेका छन्। अछाममा दुई, कञ्चनपुरमा तीन र कैलालीमा पाँच निर्वाचन क्षेत्र रहेका छन्। यी सबै निर्वाचन क्षेत्रका वास्तविक नमूना मतपत्रसमेत सार्वजनिक गरिएको आयोगले जनाएको छ।

आयोगका अनुसार अन्य जिल्लाका वास्तविक मतपत्र पनि क्रमशः सार्वजनिक गरिँदै जानेछ। हाल जनक शिक्षा सामग्री केन्द्रमा मतपत्र छपाइको काम जारी रहेको छ भने समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र छपाइ भने सम्पन्न भइसकेको छ।

मतदातालाई मतदान प्रक्रिया बुझाउन सहयोग पु¥याउने उद्देश्यले नमूना मतपत्र प्रयोग गरी मतदाता सचेतना कार्यक्रम सञ्चालन भइरहेको आयोगले जनाएको छ। ती नमूना मतपत्रहरू देशभरका मतदान केन्द्र मातहत पु¥याउने कामसमेत अगाडि बढाइएको छ।

यो समाचारमा

निर्वाचन आयोगकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    प्रतिनिधिसभामा सीमान्तकृतको कमजोर प्रतिनिधित्व

    काठमाडौँप्रतिनिधिसभा सदस्यको निर्वाचनसँगै प्रत्यक्ष र समानुपातिकतर्फको नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी पहिलो, नेपाली काँग्रेस दोस्रो, नेपाल कम्युनिष्ट पार्टी (एमाले) तेस्रो र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) चौथो पार्टी बनेको छ । यस पटक सीमान्तृकत समुदायको उपस्थिति कमजोर देखिएको छ । प्रत्यक्षतर्फ १६५ मध्ये जम्मा १४ जना (८.४८ प्रतिशत) छ

    Data is loading...

    Loading brands...

    Loading footer...