नेपाली कांग्रेस रामेछापले सोमबारदेखि घरदैलो अभियान थाल्ने

Author

सजिलो पत्रिका

२०८२ माघ १५, बिहिबार

25
Share
Featured
  • नेपाली कांग्रेस रामेछापले फागुन २१ को प्रतिनिधिसभा निर्वाचनका लागि सोमबारदेखि घरदैलो अभियान सुरु गर्ने तयारी गरेको छ।
  • प्रचारप्रसार दुई चरणमा सञ्चालन हुनेछ — अनौपचारिक अभियान सोमबारदेखि र औपचारिक अभियान फागुन ४ देखि सुरु हुनेछ।
  • रामेछापको एकमात्र निर्वाचन क्षेत्रमा कांग्रेसबाट रामचन्द्र खड्का उम्मेदवार छन्, जहाँ १७ जनाको प्रतिस्पर्धा छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नेपाली काँग्रेस रामेछापले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै सोमबारदेखि घरदैलो अभियान सुरु गर्ने भएको छ । पार्टीले माघ १९ गतेबाट सुरु हुने प्रचारका लागि नेताहरूलाई जिम्मेवारी बाँडफाँड गर्न लागेको जनाएको छ ।

त्यसको लागि नेताहरूलाई जिम्मेवारी दिन कांग्रेस शनिबार पूर्ण बैठक आह्वान गरिसकेको छ। बैठकमा जिल्लाका सबै तहका नेता तथा कार्यकर्ताहरूलाई उपस्थित हुन पत्रमार्फत जानकारी गराइएको छ ।

पार्टीका प्रचारप्रसार संयोजक हिमाल ढुङ्गेलका अनुसार फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि माघ ६ गते पार्टीका पूर्व सभापति रामचन्द्र खड्काको उम्मेदवारी दर्ता भएपछि चुनावी रणनीति तय गर्दै घरदैलो अभियानको तयारी अन्तिम चरणमा पुगेको छ ।

‘उम्मेदवारी दर्तापछि काठमाडौंमा पार्टी कार्यकर्तासँग छलफल गरेर चुनावी रणनीति तय गरेका छौँ, अब सोमबारबाट घरदैलो अभियान थाल्ने तयारी अन्तिम चरणमा पुगेको छ ।’ ढुङ्गेलले भने ।

पार्टीले चुनावी प्रचारप्रसारलाई दुई चरणमा सञ्चालन गर्ने जनाएको छ । अनौपचारिक घरदैलो कार्यक्रम खाँडादेवी गाउँपालिकाको वडा नं ३ भिरपानीबाट सोमबारदेखि सुरु हुनेछ। औपचारिक चुनावी प्रचार अभियान भने फागुन ४ गतेदेखि लिखु तामाकोशी गाउँपालिकाको नागीबाट सुरु हुने छ ।

एक मात्र निर्वाचन क्षेत्र रहेको रामेछापमा नेपाली कांग्रेसले रामचन्द्र खड्कालाई उम्मेदवार बनाएको छ । जिल्लमा राजनीतिक दलका र स्वतन्त्र उम्मेदवारसहित कुल १७ जनाले प्रतिस्पर्धा गर्दै छन् ।

यो समाचारमा

रामेछापकाठमाडौँनेपाली काँग्रेसखाँडादेवी गाउँपालिका

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    प्रतिनिधिसभामा सीमान्तकृतको कमजोर प्रतिनिधित्व

    काठमाडौँप्रतिनिधिसभा सदस्यको निर्वाचनसँगै प्रत्यक्ष र समानुपातिकतर्फको नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी पहिलो, नेपाली काँग्रेस दोस्रो, नेपाल कम्युनिष्ट पार्टी (एमाले) तेस्रो र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) चौथो पार्टी बनेको छ । यस पटक सीमान्तृकत समुदायको उपस्थिति कमजोर देखिएको छ । प्रत्यक्षतर्फ १६५ मध्ये जम्मा १४ जना (८.४८ प्रतिशत) छ

    Data is loading...

    Loading brands...

    Loading footer...