जनस्वास्थ्य कार्यालय ललितपुरद्वारा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन, २८७ जनाले लिए सेवा

Author

सजिलो पत्रिका

२०८२ माघ १५, बिहिबार

17
Share
Featured

काठमाडौँ

जनस्वास्थ्य कार्यालय ललितपुरले सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविरमा दुई सय ८७ जनाले सेवा लिएका छन् ।

महाँकाल गाउँपालिका–६, ठूलादुर्लूङ्गको कपिरामस्थित बागमती आधारभूत विद्यालयमा जनस्वास्थ्य कार्यालय ललितपुरद्वारा आयोजना गरिएको एकीकृत प्रजनन् रुग्णता जाँच तथा व्यवस्थापन र भ्यासेक्टी सहितको शिविरको सेवाको विवरण सार्वजनिक गर्दै कार्यालयले १३४ महिला र १५३ पुरुष गरी २८७ जनाले सेवा लिएको जानकारी दिएको हो ।

विवरण अनुसार भ्यासेक्टोमी ३, आरएच मोरबिडीटी सम्बन्धी सेवा ७०, एचपिभी डीएनए ४२, स्तन क्यान्सर परीक्षण ३८, युटीआई सम्बन्धी सेवा ३, पीआइडी १०,अल्ट्रासाउन्ड ५० ,महिनावारी सम्बन्धी ५ जनाले सेवा लिएका छन् ।

शिविर गत सोमबार माघ १२ गते सञ्चालन भएको थियो । उक्त शिविरको विवरण कार्यालयले आज सार्वजनिक गरेको हो ।

यो समाचारमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    भरतपुर अस्पताललाई ९२ करोड बढी भुक्तानी

    चितवन । भरतपुर अस्पतालले रु ९२ करोड ३६ लाख ४२ हजार ९४७ भुक्तानी पाएको छ । बिमा गरेका सेवाग्राहीसँग अस्पतालले असुल गर्नुपर्ने उक्त रकम बिमा बोर्डले उपलब्ध गराएको हो ।  स्वास्थ्य संस्थाका बिमा कार्यक्रम प्रमुख लिलाधर पौडेल उपचारवापत अझै रु ३६ करोड असुल हुन बाँकी रहेको जानकारी दिए ।  संस्थाले विसं २०७४

    Data is loading...

    Loading brands...

    Loading footer...