एमालेमा युवाको सहभागिता बढ्दै गएको दाबी, जेन्जी आन्दोलनलाई फरक दृष्टिले मूल्यांकन

Author

सजिलो पत्रिका

२०८२ माघ १५, बिहिबार

39
Share
Featured


नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले पार्टीभित्र युवाको सहभागिता पछिल्लो समय उल्लेखनीय रूपमा बढ्दै गएको दाबी गरेको छ । पार्टीका अनुसार हाल संगठनका विभिन्न तहमा ४० वर्षमुनिका युवाको उपस्थिति अघिल्ला वर्षको तुलनामा वृद्धि भएको छ भने आगामी निर्वाचनमा पनि युवालाई पहिलाभन्दा बढी अवसर दिने तयारी भइरहेको छ ।

नेकपा एमालेका स्वयंसेवक (भोलिन्टियर) केन्द्रीय सदस्य कृष्ण सागर ओलीले युवाप्रति पार्टीको विश्वास स्पष्ट देखिने गरी बढेको बताए । उनका अनुसार पछिल्लो महाधिवेशनमा युवा वर्गलाई नेतृत्व तहमा ल्याउन विशेष प्राथमिकता दिइएको थियो । केन्द्रीय कमिटीमै पनि युवाको संख्या अन्य दलको तुलनामा बढी रहेको उनले दाबी गरे ।

उनका अनुसार एमालेले युवालाई केवल समर्थक वा कार्यकर्ता मात्र नभई नीति निर्माण र संगठन विस्तारको जिम्मेवारीमा पनि संलग्न गराउँदै आएको छ । स्वयंसेवक संरचनामार्फत युवाको सक्रियता बढाइएको र पार्टीका कार्यक्रम तथा अभियानमा युवाले निर्णायक भूमिका खेल्दै आएको उनको भनाइ छ ।

जेन्जी आन्दोलनबारे टिप्पणी गर्दै ओलीले पार्टीले त्यसलाई सामान्य पुस्तागत आन्दोलनका रूपमा नलिएको बताए । उनका अनुसार उक्त आन्दोलनलाई राजनीतिक अस्थिरता र बाह्य हस्तक्षेपको सन्दर्भमा मूल्यांकन गरिएको छ। यद्यपि, आन्दोलनपछि युवाको भूमिका र महत्वलाई अझ गम्भीर रूपमा लिनुपर्ने निष्कर्षमा पार्टी पुगेको उनले उल्लेख गरे ।

पार्टीभित्रको आन्तरिक अवस्थाबारे बोल्दै ओलीले महाधिवेशनपछि एमाले एकताबद्ध रहेको दाबी गरे । अध्यक्ष खड्गप्रसाद शर्मा ओलीको नेतृत्वमा सबै पक्षलाई समेटेर अगाडि बढाइएको बताउँदै, कसैलाई अवसर नदिइएको भन्ने आरोपलाई उनले अस्वीकार गरे ।

देशको आर्थिक अवस्था र युवाको रोजगारीबारे उनले समस्या दीर्घकालीन रहेको बताए। तत्काल समाधान सम्भव नभए पनि उद्योग, पूर्वाधार विकास र सीपमूलक कार्यक्रममार्फत युवालाई देशमै रोजगारी सिर्जना गर्ने नीति एमालेको रहेको उनले बताए। वैदेशिक रोजगारीतर्फ जानुपर्ने बाध्यता कम गर्ने लक्ष्य पार्टीको प्राथमिकतामा रहेको उनको भनाइ छ ।

हालको राजनीतिक अवस्थासन्दर्भमा ओलीले संविधानिक प्रक्रिया र संसदको स्थायित्व आवश्यक रहेको बताए । राजनीतिक अस्थिरताले देशलाई थप आर्थिक र सामाजिक जोखिममा पार्ने भन्दै अनुभवी नेतृत्व, स्थिर सरकार र युवाको सक्रिय सहभागिताबाट मात्र देश अगाडि बढ्न सक्ने उनले दाबी गरे ।

यो समाचारमा

खड्गप्रसाद शर्मा ओलीनेपाल कम्युनिष्ट पार्टी (एमाले)काठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    सम्पदाको रक्षक हुँ, अब जनताको सेवक बन्छु, काठमाडौं ८ बाट चुनाव जित्छु : राजन खड्गी

    काठमाडौँउज्यालो नेपाल पार्टीका तर्फबाट काठमाडौं क्षेत्र नम्बर ८ बाट उम्मेदवार बनेका राजन खड्गीले आफूले घरदैलो अभियानका क्रममा जनताहरुबाट अत्यन्तै सकारात्मक प्रतिक्रिया पाइरहेको बताएका छन् ।मतदाताहरू परिवर्तनको पक्षमा उभिएका कारण नयाँ पुस्तालाई भोट दिने पक्षमा रहेको उनले दाबी गरे । नेपाल न्यूज बैंकसँगको विशेष संवादमा खड्गीले पार्टी अध्यक्ष कुलमान घिसिङप्रति जनताको

    Data is loading...

    Loading brands...

    Loading footer...