पर्यटन बोर्डद्वारा मनाङमा सातौँ आइस क्लाइम्बिङ तालिम सुरु

Author

सजिलो पत्रिका

२०८२ माघ १४, बुधबार

24
Share
Featured
  • नेपाल पर्यटन बोर्ड र एनएमआईएको सहकार्यमा मनाङको हुम्देमा सातौँ आइस क्लाइम्बिङ लेभल–वान तालिम सञ्चालन
  • तालिमले प्राविधिक सीप, सुरक्षा मापदण्ड र उच्च हिमाली पर्वतारोहण अभ्यासमा दक्षता विकास गर्ने लक्ष्य
  • तालिमपछि सहभागीले अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाणपत्र पाउने, रोजगारीका अवसर विस्तार हुने
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नेपाल पर्यटन बोर्डले नेपाल माउन्टेन इन्स्ट्रक्टर्स एसोसिएसन (एनएमआईए)को सहकार्यमा मनाङको हुम्देमा सातौँ आइस क्लाइम्बिङ लेभल–वान तालिम सुरु गरेकाे छ । माघ १३ देखि २२ गतेसम्म सञ्चालन हुने यो तालिम हिमाली क्षेत्रमा हुने प्राविधिक तथा व्यवहारिक अभ्यासमा केन्द्रित छ ।

कार्यक्रम माघ ९ गते काठमाडौंमा ‘सफ्ट ओपनिङ’ गर्दै सुरु भएको थियो । उक्त औपचारिक कार्यक्रममा सहभागीहरूलाई सैद्धान्तिक कक्षा तथा व्यवहारिक पाटोबारे अभिमुखीकरण प्रदान गरी उच्च हिमाली क्षेत्रमा हुने फिल्ड–आधारित तालिमका लागि तयार पारिएको थियो ।
तालिमको उद्देश्य आइस क्लाइम्बिङसम्बन्धी प्राविधिक सीप सुदृढ गर्नु, अन्तर्राष्ट्रिय सुरक्षा मापदण्ड प्रवद्र्धन गर्नु तथा पर्वतारोहण क्षेत्रमा रोजगारीका अवसर विस्तार गर्नु रहेको छ ।

यो कार्यक्रम हिमालयबाट विश्वस्तरीय, सुरक्षित र व्यावसायिक पर्वतारोहण सेवा प्रदान गर्ने नेपालको दीर्घकालीन दृष्टिकोणसँग मेल खाने बोर्डले जनाएको छ । नेपाली आरोही तथा गाइडहरू विश्वमै उत्कृष्ट मानिँदै आएका छन् । तालिममा ३६ जना सहभागी रहेका छन् भने उनीहरुलाई ११ जना अनुभवी प्रशिक्षकले प्रशिक्षण दिइरहेका छन् ।

पाठ्यक्रममा आइस एक्स, क्र्याम्पन, हार्नेस, हेल्मेट, क्याराबिनर, बेलय डिभाइस, स्लिङ र डोरीजस्ता आवश्यक उपकरणको प्रयोग, डोरी फिक्सिङ, एंकर निर्माण, सुरक्षा तथा संरक्षण प्रणाली, उद्धार प्रक्रिया र उच्च हिमाली तथा प्राविधिक पर्वतारोहणका लागि आवश्यक व्यवहारिक अभ्यास समावेश छन् ।

हुम्देमा भइरहेको फिल्ड–आधारित तालिमको अवलोकनमा पुगेका बोर्डका वरिष्ठ निर्देशक हिक्मत सिंह ऐर र प्रबन्धक विमल कँडेलले पर्वतारोहण क्षेत्रमा क्षमता अभिवृद्धि र व्यावसायिक विकासप्रति बोर्ड र एनएमआईएको साझा प्रतिबद्धताले सकारात्मक परिणाम ल्याउने बताएका छन् ।

तालिम सफलतापूर्वक सम्पन्न गर्ने सहभागीहरूले अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाणपत्र प्राप्त गर्नेछन्, जसले नेपाल तथा अन्तर्राष्ट्रिय पर्वतारोहण क्षेत्रमा उनीहरूको व्यावसायिक विश्वसनीयता र रोजगारीका अवसर बढाउने अपेक्षा गरिएको छ ।

यो समाचारमा

नेपाल पर्यटन बोर्डकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    चालु आर्थिक वर्षमा ४० हजार बढी पर्यटक भित्रिए पनि असार लागेपछि अन्नपूर्ण पदमार्ग सुस्तायो

    लमजुङ । वर्षायाम सुरु भएसँगै विश्वप्रसिद्ध अन्नपूर्णपदमार्गमा विदेशी पर्यटकको आगमन घटेको छ । पर्यटकीय याममा दैनिक ५०० देखि ६०० जनासम्म पर्यटक आउने पदमार्गमा यतिबेला दैनिक पाँचदेखि १५ जना आउने गरेका छन् ।धारापानीस्थित अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) पर्यटक जाँच तथा सूचना केन्द्रका इन्चार्ज भूपेन्द्र गुरुङका अनुसार वर्षायाम सुरु भएसँगै पर्यटकको

    Data is loading...

    Loading brands...

    Loading footer...