डडेल्धुराका युवालाई गाली गरेपछि सागर ढकाल विवादमा, मागे सार्वजनिक माफी

Author

सजिलो पत्रिका

२०८२ माघ १४, बुधबार

54
Share
Featured
  • अघिल्लो निर्वाचनमा डडेल्धुराबाट स्वतन्त्र उम्मेदवार बनेका सागर ढकालको एक अभिव्यक्ति भाइरल भएपछि स्थानीय युवाहरूको आलोचनामा परेका छन्।
  • युवाहरूले चुनावी खर्च दुरुपयोग गरेको आरोप लगाएपछि विवाद चर्किएको हो, तर पछि ढकालले सामाजिक सञ्जालमार्फत डडेल्धुरावासीसँग सार्वजनिक माफी मागेका छन्।
  • हाल रास्वपाबाट गुल्मी–१ का उम्मेदवार रहेका ढकाल विवादकै बीच वरिष्ठ नेता बालेन शाहसँग डडेल्धुरामा देखिएका छन्।

समाचार सारांशGenerated using AI.

काठमाडौँ

अघिल्लो निर्वाचनमा डडेलधुराबाट स्वतन्त्र उम्मेदवारी दिएका सागर ढकाल एक भाइरल भिडिओका कारण विवादमा तानिएका छन् । एक कार्यक्रममा बोल्दै उनले डडेल्धुराका युवाहरूले आफ्नो चुनावी खर्च बढाएको र दुरुपयोग गरेको आरोप लगाएपछि स्थानीय युवाहरूले उनको चर्को आलोचना गरेका छन् ।

रुपन्देहीको तिलोत्तमामा आयोजित कार्यक्रममा ढकालले दिएको उक्त अभिव्यक्तिको भिडिओ क्लिप सामाजिक सञ्जालमा भाइरल भएको हो । भिडिओ सार्वजनिक भएपछि डडेल्धुराका युवाहरूले आफूहरूले निःशुल्क खाना खुवाएर सहयोग गरेको भन्दै ढकालको आरोपप्रति आक्रोश पोखेका छन् ।

विवाद चर्किएपछि ढकालले सामाजिक सञ्जालमार्फत डडेल्धुरावासीसँग सार्वजनिक रूपमा माफी मागेका छन् । "ठुला सपना धेख्दा साना–तिना गल्ती हुनाइछन्, माफ गरिदिया," उनले स्थानीय भाषामा लेखेका छन्, "तमरो माया कइलेइ नभुलुँलो ।"

२०७९ को निर्वाचनमा शेरबहादुर देउवाविरुद्ध स्वतन्त्र उम्मेदवारी दिएर चर्चामा आएका ढकाल यसपटक राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट गुल्मी-१ मा उम्मेदवार छन् ।

यसैबीच, विवादकै बीच उनी आज बिहान रास्वपाका वरिष्ठ नेता बालेन शाहसँगै डडेल्धुराको एक स्थानीय पसलमा खिर खाइरहेको देखिएका छन् ।

यो समाचारमा

डडेलधुराकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ - राष्ट्रपति पौडेल

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विकास निर्माणको केन्द्रमा मानव र प्रकृतिलाई राख्नुपर्नेमा जोड दिएका छन्। नेपाल इन्जिनियर्स एसोसिएसनको ६४औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले विकासको अवधारणा जनताको कल्याण र मुलुकको समृद्धिसँग जोडिनुपर्ने बताए।जलवायु परिवर्तनको बढ्दो चुनौतीलाई मध्यनजर गर्दै अबका पूर्वाधारहरू दिगो, पर्यावरणमैत्री र 'हरित विकास' को सिद्धान्तमा आधारित हुनुपर्ने राष्ट्रपतिको भनाइ

    Data is loading...

    Loading brands...

    Loading footer...