बारामा आमा-छोराको हत्या आरोपमा एक पुरुष पक्राउ

Author

सजिलो पत्रिका

२०८२ माघ १४, बुधबार

36
Share
Featured
  • बाराको परवानीपुरमा आमा–छोराको हत्या आरोपमा धर्मेन्द्र महतो पक्राउ परेका छन्।
  • बुधबार राति सुमित्रा देवी र उनका छोरा रामेश्वर मण्डलको धारिलो हतियार प्रहारबाट हत्या भएको थियो।
  • घटनामा मृतकका श्रीमान् र छोरी घाइते छन्, उपचार जारी छ र अनुसन्धान भइरहेको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

बाराको परवानीपुरमा धारिलो हतियार प्रहार गरी आमा र छोराको हत्या गरेको आरोपमा प्रहरीले एक जना पुरुषलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धर्मेन्द्र महतो रहेका छन् ।

घटनाको अनुसन्धानका क्रममा उनको संलग्नता देखिएपछि नियन्त्रणमा लिइएको बाराका प्रहरी प्रवक्ता डीएसपी बिजयराज पण्डितले जानकारी दिए । यसअघि प्रहरीले मृतक सुमित्रा देवीकी बुहारी मनिता देवीलाई पनि सोधपुछका लागि नियन्त्रणमा लिएको थियो ।

गत बुधबार बिहान करिब २ बजे परवानीपुर गाउँपालिका-१, रहरियाडीमा ४६ वर्षीया सुमित्रा देवी र उनका ३० वर्षीय छोरा रामेश्वर मण्डलको चक्कु प्रहार गरी हत्या गरिएको थियो ।

घटनामा परी मृतकका श्रीमान् जगरुप मण्डल र छोरी रिनाकुमारी घाइते भएका छन् । उनीहरूको एलएस न्यूरो अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान जारी छ ।

यो समाचारमा

बाराकाठमाडौँपरवानीपुर गाउँपालिका

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    मधेस प्रदेशका पूर्वप्रदेश प्रमुख राजेश अहिराज बलात्कार मुद्दामा दोषी ठहर

    काठमाडौं । मधेश प्रदेशका पूर्वप्रदेश प्रमुख राजेश अहिराज (राजेश झा) बलात्कार मुद्दामा दोषी ठहर भएका छन्। काठमाडौं जिल्ला अदालतका न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले मंगलबार उनलाई दोषी ठहर गर्ने फैसला सुनाएको हो। उनको सजाय भने अर्को पेसीमार्फत निर्धारण गरिने अदालतले जनाएको छ।अहिराजमाथि २०८१ जेठ ४ गते पीडितलाई कोठामा कोही नभएको मौका

    Data is loading...

    Loading brands...

    Loading footer...