बारामा आमा–छोराको हत्याको आरोपमा बुहारी पक्राउ

Author

सजिलो पत्रिका

२०८२ माघ १४, बुधबार

32
Share
Featured
  • बाराको परवानीपुर गाउँपालिकामा भएको आमा–छोरा हत्या प्रकरणमा संलग्नताको आशंकामा मृतक रामेश्वर मण्डलकी श्रीमती मनिता देवी मण्डललाई प्रहरीले पक्राउ गरी सोधपुछ सुरु गरेको छ।
  • धारिलो हतियार प्रहारबाट सुमिन्त्रा देवी मण्डल (४६) र छोरा रामेश्वर मण्डल (२८) को घटनास्थलमै मृत्यु भएको थियो भने बुवा जगरुप मण्डल र छोरी रिना कुमारी गम्भीर घाइते छन्।
  • घटनाको कारण र संलग्न व्यक्ति पहिचानका लागि प्रहरीले थप अनुसन्धान जारी राखेको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

बाराको परवानीपुर गाउँपालिकामा आमा र छोराको हत्या प्रकरणमा संलग्न रहेको आशंकामा प्रहरीले मृतककी बुहारीलाई पक्राउ गरेको छ।

घरभित्र पसेर गरिएको धारिलो हतियारको आक्रमणमा ४६ वर्षीया सुमिन्त्रा देवी मण्डल र उनका २८ वर्षीय छोरा रामेश्वर मण्डलको मृत्यु भएको थियो।

घटनाको अनुसन्धानका क्रममा प्रहरीले मृतक रामेश्वरकी श्रीमती २५ वर्षीया मनिता देवी मण्डललाई नियन्त्रणमा लिई सोधपुछ सुरु गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख एवं प्रहरी उपरीक्षक नरेन्द्र कुँवरले जानकारी दिए। उनका अनुसार घटनाको प्रकृति शंकास्पद देखिएपछि मनितालाई नियन्त्रणमा लिइएको हो।

प्रहरीका अनुसार आज बिहान करिब ३ बजेको समयमा अज्ञात व्यक्तिहरू घरभित्र प्रवेश गरी सुतिरहेको परिवारमाथि धारिलो हतियार प्रहार गरेका थिए। आक्रमणमा आमा सुमिन्त्रा र छोरा रामेश्वरको घटनास्थलमै मृत्यु भएको हो।

उक्त आक्रमणमा ५२ वर्षीय जगरुप मण्डल (बुवा) र २२ वर्षीया रिना कुमारी मण्डल गम्भीर घाइते भएका छन्। घाइते दुवैको परवानीपुरस्थित एलएस न्युरो अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

हत्या कसले र के उद्देश्यले गरेको हो भन्ने विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

यो समाचारमा

बारापरवानीपुर गाउँपालिकाकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    नक्कली भुटानी शरणार्थी मुद्दामा पूर्वमन्त्री रायमाझीलाई चार वर्ष र खाणलाई दुई वर्ष कैद सजाय

    काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई चार वर्ष कैद सजाय तोकिएको छ । जिल्ला अदालत काठमाडौँले आज चार वर्ष कैद सजाय र ४० हजार रुपैयाँ जरिवाना तोकेको हो ।न्यायाधिश तेजबहादुर खड्काको इजलासले सुनाएको सजाय आदेशअनुसार पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई दुई वर्ष कैद सजाय र २० हजार रुपैयाँ जरिवाना

    Data is loading...

    Loading brands...

    Loading footer...