बालेनलाई जिताउन बाह्य शक्तिले ठूलो लगानी गरिरहेको छ-प्रचण्ड

Author

सजिलो पत्रिका

२०८२ माघ १३, मङ्गलबार

26
Share
Featured
  • प्रचण्डले बालेन साहलाई जिताउन देशी–विदेशी बाह्य शक्तिको ठूलो लगानी भइरहेको आरोप लगाए।
  • विचार र सिद्धान्तभन्दा ‘स्टन्ट’ का भरमा लोकप्रियता बनाइने प्रवृत्ति खतरनाक भएको उनको टिप्पणी।
  • यस्ता शक्तिको सामना गर्न कम्युनिष्ट तथा वामपन्थी शक्तिबीच एकता आवश्यक रहेकोमा जोड।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)लाई जिताउन बाह्य शक्तिहरूले ठूलो लगानी गरिरहेको गम्भीर आरोप लगाएका छन् ।

मंगलबार काठमाडौंमा आयोजित एक पार्टी समायोजन कार्यक्रममा बोल्दै प्रचण्डले विचार, सिद्धान्त र बलिदानभन्दा 'स्टन्ट' को भरमा लोकप्रिय हुनेहरूलाई देशी-विदेशी शक्तिले लगानी गरिरहेको दाबी गरे ।

"अहिले देशमा विचार, सिद्धान्त, राजनीति, त्याग, तपस्याभन्दा स्टन्ट गरेको भरमा लोकप्रिय हुने र त्यस्तालाई नै अघि बढाउन देशी, विदेशी शक्तिहरूले ठूलो लगानी गरेको देखेका छौं," प्रचण्डले भने ।

उनले यस्ता शक्तिहरूको सामना गर्न र मुलुकलाई संकटबाट जोगाउन कम्युनिष्ट तथा वामपन्थी शक्तिहरूबीच एकता आवश्यक रहेकोमा जोड दिए ।

यो समाचारमा

नेपाली कम्युनिष्ट पार्टीराष्ट्रिय स्वतन्त्र पार्टीपुष्पकमल दाहालकाठमाडौँ
बालेन्द्र शाह (बालेन)4 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    निकुञ्जभित्र च्याउ टिप्न गएका सबै महिलाहरु आए सम्पर्कमा

    काठमाडौं । कञ्चनपुर जिल्लाको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र च्याउ टिप्न गएका महिलाहरु अन्ततः सम्पर्कमा आएका छन् । भीमदत्तनगर नगरपालिका–१९ बागफाँटाका महिलाहरु सेनाको खोजीपछि सम्पर्कमा आएका हुन् । उनीहरु गत आइतबारदेखि सम्पर्क बाहिर थिए ।शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएका रणसिंह दल गणका गणपति प्रमुख सेनानी प्रकाश घिमिरेले सम्पर्क बाहिर रहेका महिलाहरु परिवारको

    Data is loading...

    Loading brands...

    Loading footer...