जनयुद्धमा होमिएका संगम २४ वर्षपछि प्रतिनिधिसभाको चुनावी मैदानमा

Author

सजिलो पत्रिका

२०८२ माघ १३, मङ्गलबार

35
Share
Featured
  • मुगु खत्याड–९ का ४७ वर्षीय रंगबीर परियार ‘संगम’ २४ वर्षपछि फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) बाट प्रत्यक्ष उम्मेदवार बनेका छन्।
  • २०५८ सालदेखि जनयुद्ध र राजनीतिमा सक्रिय संगमले विभिन्न उतारचढावबीच सुशासन, भ्रष्टाचारविरोध, ठेकेदारी प्रथा अन्त्य र भूराजनीतिक हस्तक्षेपविरुद्धका एजेन्डा अघि सारेका छन्।
  • राजनीतिक यात्रासँगै उनले मुगुमा कृषि क्रान्ति अभियान चलाउँदै स्याउ, कागती र सिमी खेती विस्तार गरेका छन् र आफ्ना एजेन्डा र जनतासँगको सम्बन्धकै आधारमा जित्ने विश्वास व्यक्त गरेका छन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

मुगुको खत्याड गाउँपालिका–९ निवासी ४७ वर्षीय रंगबीर परियार ‘संगम’ २४ वर्षपछि प्रतिनिधिसभा सदस्यको चुनावी मैदानमा उत्रिएका छन्।

२०५८ साल माघ १० गते सशस्त्र जनयुद्धमा होमिएका संगम आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (माओवादी) बाट प्रत्यक्षतर्फ उम्मेदवार बनेका हुन्।

प्रेमको प्रतीक मानिने गुलाब चुनाव चिह्न लिएर उनी मतदातामाझ पुगेर आफ्ना भावी एजेन्डा प्रस्तुत गर्दै भोट मागिरहेका छन्। चुनावी प्रचारका क्रममा मतदाताले ‘मान्छे राम्रा हुनुहुन्छ, तर पार्टी कमजोर भयो’ भन्ने प्रतिक्रिया सुनाउने गरेको उनी बताउँछन्।

मेडिकल पेसा त्यागेर कठिन परिस्थितिको सामना गर्दै २०५८ साल माघ १० गते जनयुद्धबाट राजनीतिक यात्रा सुरु गरेका संगम लामो समयसम्म सक्रिय राजनीतिमा रहे।
उनीसँगै राजनीतिक यात्रामा रहेका नवराज धामी मुगुबाट संविधानसभा सदस्य निर्वाचित भए भने मंगलबहादुर शाही प्रदेशसभा सदस्य बने।
त्यसैगरी अजबहादुर शाही गाउँपालिका अध्यक्षसमेत भए। तर संगम भने कुनै पदमा पुग्न सकेनन्।

२०५८ देखि २०६९ सालसम्म उनको राजनीतिक यात्रा पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगै रह्यो। त्यसपछि प्रचण्ड पक्षबाट अलगिँदै २०७० देखि २०७१ सालसम्म वैध राजनीतिमा सक्रिय भए। २०७१ सालपछि भने उनले विप्लव नेतृत्वको नेकपा (माओवादी) मा आफ्नो राजनीतिक यात्रा निरन्तरता दिएका हुन्।

२०६४ सालमा पार्टीले समानुपातिक उम्मेदवारका रूपमा सिफारिस गरे पनि बन्दसूचीमा पर्न नसकेको संगम बताउँछन्। नेकपा (माओवादी) को केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्जको जिम्मेवारी सम्हाल्दै उनले सुशासन र भ्रष्टाचारविरोधी अभियानलाई जनस्तरसम्म पु¥याएको दाबी गर्छन्। भ्रष्टाचारविरोधी आन्दोलनकै क्रममा आफू २४ दिनसम्म मुगु हिरासतमा बस्नुपरेको अनुभव पनि उनले सुनाए।

ठेकेदारी प्रथा र आफन्तलाई योजना बाँड्ने चलन अन्त्य नभएसम्म मुगुको समृद्धि सम्भव नभएको उनको भनाइ छ। साथै, भूराजनीतिक हस्तक्षेपका कारण देश झनै संकटतर्फ उन्मुख हुँदै गएको उनले बताए।

राजनीतिक यात्रासँगै संगमले मुगुमा कृषि क्रान्तिको अभियान पनि सुरु गरेका छन्। छायानाथ रारा नगरपालिका–सोबा गाउँमा १२ हल जग्गामा ५ सय बोट स्याउ रोपिएको छ भने खत्याडको रातापानी क्षेत्रमा कागती बगैंचा र जिउकामा सिमी फर्म सञ्चालन गरिरहेको उनले जानकारी दिए।

लामो संघर्षपछि पुनः चुनावी मैदानमा उत्रिएका संगम आफूले उठाएका एजेन्डा र जनतासँगको सम्बन्धकै आधारमा जित सुनिश्चित हुने विश्वास व्यक्त गर्छन्।

यो समाचारमा

नेपाल कम्युनिष्ट पार्टी (माओवादी)मुगुकाठमाडौँखत्याड गाउँपालिका
नेत्रविक्रम चन्द4 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    प्रतिनिधिसभामा सीमान्तकृतको कमजोर प्रतिनिधित्व

    काठमाडौँप्रतिनिधिसभा सदस्यको निर्वाचनसँगै प्रत्यक्ष र समानुपातिकतर्फको नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी पहिलो, नेपाली काँग्रेस दोस्रो, नेपाल कम्युनिष्ट पार्टी (एमाले) तेस्रो र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) चौथो पार्टी बनेको छ । यस पटक सीमान्तृकत समुदायको उपस्थिति कमजोर देखिएको छ । प्रत्यक्षतर्फ १६५ मध्ये जम्मा १४ जना (८.४८ प्रतिशत) छ

    Data is loading...

    Loading brands...

    Loading footer...