मोटरसाइकल चोरी प्रयासमा संलग्न एक जना पक्राउ

Author

सजिलो पत्रिका

२०८२ माघ १३, मङ्गलबार

27
Share
Featured
  • काठमाडौंको पिङ्गलास्थानबाट पार्किङ स्थलमा मोटरसाइकल चोरी गर्न लाग्दै गर्दा ४१ वर्षीय बुद्धबहादुर सेढाईलाई काठमाडौं उपत्यका ट्राफिक प्रहरीले चोरीको मोटरसाइकलसहित पक्राउ गरेको छ।
  • चोरी गर्न लागेको बा ६६ प ४४३४ नम्बरको मोटरसाइकल हराएको भन्दै धनीले पहिल्यै ट्राफिक प्रहरीमा निवेदन दिएका थिए, र सेढाईलाई अनुसन्धानका लागि प्रहरी वृत्त गौशालामा पठाइएको छ।
  • ट्राफिक प्रहरीले सवारी धनीलाई सुरक्षित स्थानमा पार्किङ गर्न, विभिन्न लक तथा सुरक्षा उपकरण प्रयोग गर्न र सवारी हराएमा तुरुन्त १०३ वा १०० मा सम्पर्क गर्न आग्रह गरेको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

मोटरसाइकल चोरीमा संलग्न एक जनालाई काठमाडौं उपत्यका ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।

काठमाडौँ महानगरपालिका–८ स्थित पिङ्गलास्थानबाट चोरीको मोटरसाइकलसहित ४१ वर्षीय बुद्धबहादुर सेढाईलाई सोमबार नियन्त्रणमा लिइएको हो।

काभ्रेपलान्चोकको तेमाल गाउँपालिका–१ स्थायी घर भई हाल काठमाडौंको बालाजु बस्दै आएका सेढाईलाई पार्किङ स्थलबाट मोटरसाइकल चोरी गर्न लागेको अवस्थामा ट्राफिक प्रहरीले पक्राउ गरेको जनाएको छ।

पक्राउ परेका सेढाईले चोरी गर्न लागेको बा ६६ प ४४३४ नम्बरको मोटरसाइकल जिल्लाको छिपहरमाई गाउंपालिका–४ निवासी नागेश्वर साह कानुले हराएको भनी खोजतलासका लागि काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा निवेदन दिएका थिए।

मोटरसाइकलसहित नियन्त्रणमा लिइएका सेढाईलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त गौशालामा पठाइएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए ।

यसैबीच, प्रवक्ता सुवेदीले सवारी धनीलाई आफ्ना सवारी साधन सुरक्षित स्थानमा पार्किङ गर्न, ह्विल लक, चेन लक, ह्यान्डिल लक, डिस्क लक तथा सुरक्षा साइरन जडान गर्न अनुरोध गरेका छन् । साथै, मानिसको आवतजावत कम हुने एकान्त स्थानमा सवारी साधन पार्किङ नगर्न समेत उनले आग्रह गरे ।

ट्राफिक प्रहरीले हराएका सवारी साधनको खोजतलास र चोरी नियन्त्रण कार्य निरन्तर जारी राखे पनि सवारी धनी स्वयं सजग हुनुपर्नेमा जोड दिएको छ।
सवारी साधन हराएमा ट्राफिक प्रहरीको हटलाइन नम्बर १०३ वा नेपाल प्रहरीको हटलाइन नम्बर १०० मा तुरुन्त सम्पर्क गरी सवारी साधनको विवरण दिन तथा नजिकको प्रहरी कार्यालयमा निवेदन दिन आग्रह गरिएको छ।

यो समाचारमा

छिपहरमाई गाउंपालिकातेमाल गाउँपालिकाकाठमाडौँकाठमाडौँ महानगरपालिका
काभ्रेपलान्चोक4 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    नक्कली भुटानी शरणार्थी मुद्दामा पूर्वमन्त्री रायमाझीलाई चार वर्ष र खाणलाई दुई वर्ष कैद सजाय

    काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई चार वर्ष कैद सजाय तोकिएको छ । जिल्ला अदालत काठमाडौँले आज चार वर्ष कैद सजाय र ४० हजार रुपैयाँ जरिवाना तोकेको हो ।न्यायाधिश तेजबहादुर खड्काको इजलासले सुनाएको सजाय आदेशअनुसार पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई दुई वर्ष कैद सजाय र २० हजार रुपैयाँ जरिवाना

    Data is loading...

    Loading brands...

    Loading footer...