उम्मेदवारी दर्तापछि पहिलोपटक सर्लाही पुगे गगन थापा, भव्य स्वागत

Author

सजिलो पत्रिका

२०८२ माघ १२, सोमबार

30
Share
Featured
  • कांग्रेस सभापति गगन थापा उम्मेदवारीपछि पहिलोपटक सर्लाही–४ पुगेका छन् र सिमरामा भव्य स्वागत भएको छ।
  • यसपटक उनले काठमाडौं–४ छोडेर सर्लाही–४ बाट चुनाव लड्दैछन्।
  • सर्लाही–४ मा रास्वपाका डा. अमरेशकुमार सिंह, एमालेका रविसिंह कुशवाहा र नेकपाका डा. रगनिस राय यादवसँग त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नेपाली काँग्रेसका सभापति गगन थापा उम्मेदवारी दर्तापछि पहिलोपटक आफ्नो निर्वाचन क्षेत्र सर्लाही-४ पुगेका छन् । भावी प्रधानमन्त्रीका रूपमा समेत चर्चामा रहेका थापालाई सिमरा विमानस्थलमा भव्य स्वागत गरिएको थियो ।

उम्मेदवार बनेपछि पहिलोपटक मधेश पुगेका थापाको स्वागतका लागि सर्लाही, बारा लगायतका जिल्लाबाट सयौंको संख्यामा कांग्रेस कार्यकर्ताहरू विमानस्थल पुगेका थिए । उनीहरूले 'अबकी बार गगन सरकार' भन्दै नाराबाजी गरेका थिए ।

यसअघि काठमाडौं-४ बाट लगातार निर्वाचित हुँदै आएका थापाले यसपटक सर्लाही-४ रोजेका हुन् । यो क्षेत्रमा उनको मुख्य प्रतिस्पर्धा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा. अमरेश कुमार सिंहसँग हुने देखिएको छ । सिंह २०७९ को निर्वाचनमा यही क्षेत्रबाट स्वतन्त्र उम्मेदवारका रूपमा विजयी भएका थिए ।

यसैगरी, सर्लाही-४ बाट नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले रविसिंह कुशवाहा र नेपाली कम्युनिष्ट पार्टीले डा. रगनिस राय यादवलाई उम्मेदवार बनाएको छ, जसले गर्दा यहाँको चुनावी प्रतिस्पर्धा त्रिपक्षीय हुने देखिएको छ ।

यो समाचारमा

काठमाडौँनेपाली काँग्रेसबाराराष्ट्रिय स्वतन्त्र पार्टी
सर्लाही8 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    मन्त्री बर्खास्तपछि एमालेद्वारा सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता

    काठमाडौं ।नेपाल कम्युनिष्ट पार्टी (एमाले) सुदूरपश्चिम प्रदेश संसदीय दलले नेपाली काँग्रेस नेतृत्वको प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ। बुधबार बसेको संसदीय दलको बैठकले सोही दिन साँझ ५ बजेदेखि लागू हुने गरी सरकारप्रतिको समर्थन फिर्ता लिने निर्णय गरेको दलका नेता राजेन्द्रसिंह रावलले जानकारी दिए।आर्थिक वर्ष २०८३/८४ को बजेट

    Data is loading...

    Loading brands...

    Loading footer...