चलचित्र ‘रमिताको पिरती’ को ट्रेलर सार्वजनिक, माघ २३ देखि देशभर प्रदर्शनमा आउँदै

Author

सजिलो पत्रिका

२०८२ माघ ११, आइतबार

23
Share
Featured

काठमाडौँ

नेपाली चलचित्र ‘रमिताको पिरतीको’ अफिसियल ट्रेलर सार्वजनिक भएको छ ।

आइतबार काठमाडौंको कमलपोखरीस्थित बिग मुभिजमा आयोजित एक कार्यक्रमकाबीच युट्युबमार्फत ट्रेलर सार्वजनिक गरिएको हो ।

ट्रेलरमा अभिनेत्री आना शर्मा, धिरज मगर, समिर श्रेष्ठ र विनय श्रेष्ठको मुख्य भूमिका देख्न सकिन्छ ।

ट्रेलर सार्वजनिकपछि फिल्मको लेखक तथा निर्देशक सुदीप्ता अधिकारीले चलचित्र मार्फत महिलाहरुको भावना ब्रेकअपपछि कस्तो हुन्छ भन्ने कुरालाई भावनात्मक रुपमा देखाउन खोजिएको जानकारी दिइन् । अहिलेको युवाहरुसँग सम्बन्धित रहेर फिल्म निर्माण गरिएको उनको भनाई छ ।

उनले भनिन्,‘केटी मानिसहरुको भावना ब्रेकअपपछि कस्तो हुन्छ भन्ने कुरालाई भावनात्मक रुपमा फिल्म देखाउन खोजिएको छ । अहिलेको युवाहरुसँग पनि सम्बन्धित होस् भन्ने तरिकाले बनाइएको फिल्म हो ।’

यस्तै अभिनेत्री आना शर्माले विगत एक वर्षदेखि आफूले यस फिल्ममा मेहेनत गरिरहेको बताइन् । फिल्ममा आफ्नो भूमिकालाई लिएर मात्र ६ महिना समय बिताएको सुनाउँदै उनले सबै दर्शकले फिल्म मन पराउने विश्वास व्यक्त गरिन् ।

उनले भनिन्,‘म यो प्रोजेक्टमा लागेको एक वर्षभन्दा धेरै भइसक्यो । आज आएर ट्रेलर सार्वजनिक गर्दा खुसी लागेको छ । मलाई यो भूमिका अपनाउनको लागि ६ महिना लागेको थियो । सबैले फिल्म मन पराउनुहुन्छ भन्ने कुरामा विश्वस्त छु ।’

त्यस्तै अभिनेता धिरज मगरले आना र आफूहले सँगै स्क्रिन सेयर गर्नको लागि धेरै वर्ष कुर्न परेको बताउँदै रमिताको पिरतीमा आएर सँगै काम गर्न पाउँदा खुसी लागेको बताए ।

फिल्मको कथावस्तु एकदमै अब्बल रहेको बताउँदै उनले निर्माण पक्षलाई धन्यवाद समेत दिए ।

‘आना र म एउटै फिल्ममा स्क्रिन सेयर गर्नको लागि धेरै वर्ष कुर्नु पर्यो । हाम्रो पहिलादेखि नै कुरा हुन्थ्यो एउटै स्क्रिनमा हामी सुहाउँछै भन्ने कुरा तर अहिले आएर सँगै काम गर्न पाउँदा खुसी लागेको छ । जुन कथावस्तु लिएर यो चलचित्र बनेको छ यस्तो लागि म निर्माण पक्षलाई धन्यवाद दिन चाहान्छु ,’उनले भने ।

सेरो फिल्मस्को प्रस्तुतिमा तयार भएको यो फिल्म आउँदो भ्यालेन्टाइन अर्थात् माघ २३ मा सार्वजनिक हुँदैछ । फिल्मका निर्माता सागर लम्साल हुन् ।

यो समाचारमा

काठमाडौँधिरज मगरयुट्युब

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    बेलायतको क्याम्ब्रिजमा नेपाली काव्य यात्रा

    लन्डन । बेलायतको क्याम्ब्रिज सहरमा नेपाली काव्य यात्रा सम्पन्न भएको छ ।  बेलायतको समकालीन साहित्य प्रतिष्ठानको आयोजनामा क्याम्ब्रिजको ऐतिहासिक ‘पार्कर्स पिस’मा भएको उक्त यात्रामा लन्डन र क्याम्ब्रिजमा बसोबास गर्दै आएका साहित्यकारहरु सहभागी थिए ।त्यस अवसरमा साहित्यकारहरु कृष्ण उपाध्याय, पोषेन्द्र सत्याल, लता गौतम, योगराज ढकाल, केशव पुडासैनी, चन्द्रमणि गौतम र कृष्ण

    Data is loading...

    Loading brands...

    Loading footer...