नेपाल खुला विश्वविद्यालयबाट ५४५ विद्यार्थी दीक्षित

Author

सजिलो पत्रिका

२०८२ माघ ११, आइतबार

32
Share
Featured
  • नेपाल खुला विश्वविद्यालयबाट विभिन्न तहका ५४५ जना विद्यार्थी दीक्षित भएका छन्।
  • दीक्षान्त समारोह प्रधानमन्त्री तथा कुलपति सुशीला कार्कीको प्रमुख आतिथ्यमा सम्पन्न भयो।
  • उत्कृष्ट विद्यार्थीहरूलाई ‘कुलपति पदक’ प्रदान गरिएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नेपाल खुला विश्वविद्यालयबाट ५४५ जना विद्यार्थी दीक्षित भएका छन् । प्रधानमन्त्री तथा विश्वविद्यालयकी कुलपति सुशीला कार्कीको प्रमुख आतिथ्यमा आज आयोजित दीक्षान्त समारोहमा उनीहरू दीक्षित भएका हुन् ।

समारोहमा विज्ञान, सामाजिक शास्त्र र व्यवस्थापन तथा कानुन संकायका स्नातक, स्नातकोत्तर, एमफिल र विद्यावारिधि तह पूरा गरेका विद्यार्थीहरू दीक्षित भएका हुन् । तीमध्ये १९१ जना समारोहमा प्रत्यक्ष उपस्थित थिए ।

प्रधानमन्त्री कार्कीले विभिन्न तहमा उत्कृष्टता हासिल गर्ने विद्यार्थीहरूलाई 'कुलपति पदक' प्रदान गरिन् । कार्यक्रममा शिक्षाविद् तथा त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति केदारभक्त माथेमा प्रमुख अतिथिका रूपमा सहभागी थिए ।

वि.सं. २०७३ मा स्थापित यो विश्वविद्यालयले दूर तथा खुला शिक्षा प्रणालीमार्फत उच्च शिक्षा प्रदान गर्दै आएको छ ।

यो समाचारमा

काठमाडौँसुशीला कार्की

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विद्यार्थीले बनाए रोबोट

    नवलपरासी । बर्दघाट सुस्तापूर्वको त्रिभुवन बाल माध्यमिक विद्यालय कावासोती नगरपालिका–१७ ढोकीका विद्यार्थीले मान्छे जस्तै रोबोट निर्माण गरेका छन् । गण्डकी प्रदेश सरकारको मुख्यमन्त्री नवप्रवर्तन साझेदारी कार्यक्रमअन्तर्गत कावासोती नगरपालिकाले सञ्चालन गरेको ‘आविष्कार र उत्पादनको जग मेरो विद्यालय’ कार्यक्रम विद्यार्थीले विद्यालयको परिचय र स्वागत गर्न सक्ने ‘राधा’ नामको रोबोट निर्माण गरेका हुन् ।

    Data is loading...

    Loading brands...

    Loading footer...