तनहुँमा जीप दुर्घटना, १३ वर्षीया बालिकाको मृत्यु, एक घाइते

Author

सजिलो पत्रिका

२०८२ माघ ११, आइतबार

23
Share
Featured
  • तनहुँको म्याग्दे–४, कोलडाँडामा जीप दुर्घटना हुँदा १३ वर्षीया बालिकाको मृत्यु भएको छ।
  • दुर्घटनामा १५ वर्षीय किशोर घाइते भएका छन् र उपचार भइरहेको छ।
  • जीप चालकलाई नियन्त्रणमा लिएर प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

तनहुँको म्याग्दे गाउँपालिका–४, कोलडाँडामा आज बिहान जीप दुर्घटना हुँदा एक बालिकाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार, कोलडाँडाबाट थर्पुतर्फ आउँदै गरेको ग३च ५८३८ नम्बरको जीप सडकबाट करिब २० मिटर तल खसेको थियो । दुर्घटनामा गम्भीर घाइते भएकी स्थानीय १३ वर्षीया कोइस्का घर्तीको दमौली अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा सोही ठाउँका १५ वर्षीय दिपसन घर्ती घाइते भएका छन् र उनको उपचार भइरहेको छ । प्रहरीले जीप चालक ३० वर्षीय वसन्त घर्तीलाई नियन्त्र-णमा लिएर अनुसन्धान सुरु गरेको छ ।

यो समाचारमा

म्याग्दे गाउँपालिकाकाठमाडौँतनहुँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    भारतमा प्रश्नपत्र चुहावटविरुद्ध 'कक्रोच' आन्दोलन चर्कियो, संसद् भवन घेर्ने प्रयास

    काठमाडौं । भारतमा प्रश्नपत्र चुहावट र शिक्षा प्रणालीमा सुधारको माग गर्दै युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनले उग्र रूप लिएको छ। सोमबार हजारौँ प्रदर्शनकारीहरू राजधानी नयाँदिल्लीको जन्तरमन्तरमा भेला भई संसद् भवनतर्फ मार्च गर्ने प्रयास गरेका छन्। संसद्को मनसुन अधिवेशन जारी रहेकाले प्रहरीले सुरक्षाको कारण देखाउँदै मार्चको अनुमति नदिएपछि दिल्लीको सुरक्षा व्यवस्था अत्यन्त

    Data is loading...

    Loading brands...

    Loading footer...