सुनको मूल्यले फेरि तोड्यो रेकर्ड, तोलाको ३ लाख ३ हजार ८०० पुग्यो

Author

सजिलो पत्रिका

२०८२ माघ ११, आइतबार

31
Share
Featured
  • आज नेपाली बजारमा सुनको मूल्यले नयाँ ऐतिहासिक रेकर्ड बनाउँदै प्रतितोला रु ३,०३,८०० पुगेको छ।
  • चाँदीको मूल्य पनि बढेर प्रतितोला रु ६,४८० पुगेको छ, जुन अहिलेसम्मकै उच्च हो।
  • अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ४,९८९ डलर पुगेको असर नेपाली बजारमा परेको हो।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नेपाली बजारमा सुनको मूल्यले आज (आइतबार) फेरि नयाँ ऐतिहासिक रेकर्ड कायम गरेको छ । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार, आज छापावाल सुनको मूल्य प्रतितोला २ हजार ४०० रुपैयाँले बढेर ३ लाख ३ हजार ८०० रुपैयाँ पुगेको हो ।

यो हालसम्मकै उच्च मूल्य हो । यसअघि शुक्रबार पनि सुनको मूल्यले रेकर्ड बनाउँदै प्रतितोला ३ लाख १ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, आज चाँदीको मूल्य पनि अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ । चाँदीको मूल्य तोलामा २९० रुपैयाँले बढेर ६ हजार ४८० रुपैयाँमा कारोबार भइरहेको छ ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस ४,९८९ अमेरिकी डलर पुगेपछि त्यसको प्रत्यक्ष असर नेपाली बजारमा परेको हो ।

यो समाचारमा

काठमाडौँसुनचाँदी ब्यवसायी महासंघ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    तोलामा ३१ सयले घट्यो सुनको भाउ, तोलाको कतिमा हुँदैछ कारोबार ?

    काठमाडौं । नेपाली बजारमा शुक्रबार सुन–चाँदीको मूल्य घटेको छ। बिहीबार तोलामा चार सय रूपैयाँ बढेको सुनको मूल्य आज प्रतितोला ३१ सय रूपैयाँ घटेको हो।नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज एक तोला सुनको मोल दुई लाख ८२ हजार एक सय रूपैयाँ निर्धारण भएको छ।अघिल्लो कारोबार दिन (बिहीबार) सुन प्रतितोला दुई लाख

    Data is loading...

    Loading brands...

    Loading footer...