राष्ट्रियसभा निर्वाचन : कर्णालीमा मतदान शुरु

Author

सजिलो पत्रिका

२०८२ माघ ११, आइतबार

23
Share
Featured

काठमाडौँ

राष्ट्रियसभा निर्वाचनमा मतदान शुरु भएको छ । राष्ट्रियसभामा रिक्त हुने १९ सदस्यका लागि आज निर्वाचन हुँदैछ ।

कर्णालीबाट रिक्त हुने दुई पदका लागि तीन दलका पाँच जना उम्मेदवार चुनावी मैदानमा छन् ।

प्रदेश निर्वाचन निर्वाचन कार्यालयमा स्थापना गरिएको मतदान केन्द्रमा भएको मतदानमा कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले पहिलो मतदान गरेका छन् ।
कर्णालीमा रिक्त हुने दुई पदका लागि चार जना चुनावी प्रतिस्पर्धामा छन् । नेपाली काँग्रेसनेपाल कम्युनिष्ट पार्टी (एमाले)को गठबन्धनबाट नेपाली काँग्रेसका ललित शाही र नेकपा एमालेका मिना सिंह रखाल उम्मेदवार छन् । नेकपाल्े दुर्गा शर्मा र अन्नु महतारा शाहीलाई उम्मेदवार बनाएको छ ।

राष्ट्रिय सभा निर्वाचनमा कर्णालीबाट नेकपाले पाउने एक सिट गुमाउने देखिएको छ । एमालेले एक सिट जोगाउन सफल हुने छ भने काँग्रेसले कर्णालीमा एक सिट थप्ने आँकलन गरिएको छ ।

कर्णाली प्रदेशसभा सदस्य र पालिका प्रतिनिधिको मतभारमा कांग्रेस–एमालेको बहुमत छ । दुई दलको कुल मतभार तीन हजार ५८ छ ।

यो समाचारमा

नेपाल कम्युनिष्ट पार्टी (एमाले)नेपाली काँग्रेसकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    प्रतिनिधिसभामा सीमान्तकृतको कमजोर प्रतिनिधित्व

    काठमाडौँप्रतिनिधिसभा सदस्यको निर्वाचनसँगै प्रत्यक्ष र समानुपातिकतर्फको नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी पहिलो, नेपाली काँग्रेस दोस्रो, नेपाल कम्युनिष्ट पार्टी (एमाले) तेस्रो र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) चौथो पार्टी बनेको छ । यस पटक सीमान्तृकत समुदायको उपस्थिति कमजोर देखिएको छ । प्रत्यक्षतर्फ १६५ मध्ये जम्मा १४ जना (८.४८ प्रतिशत) छ

    Data is loading...

    Loading brands...

    Loading footer...