रेशम चौधरीको उम्मेदवारी खारेजी असंवैधानिक र प्रतिशोधपूर्ण-जसपा

Author

सजिलो पत्रिका

२०८२ माघ ०९, शुक्रबार

32
Share
Featured
  • जसपाले रेशम चौधरीको उम्मेदवारी खारेजलाई असंवैधानिक, प्रतिशोधपूर्ण र अलोकतान्त्रिक कदम भनेको छ।
  • उक्त निर्णयले लोकतन्त्र र समावेशी राजनीतिमाथि प्रश्न उठाएको जसपाको दाबी छ।
  • ‘जाँतो’ चुनाव चिह्नमा तीन दलको सहकार्यसँग जोडेर षड्यन्त्र भएको आशंका गर्दै, निर्णय नसच्याए गम्भीर परिणाम हुने चेतावनी दिइएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

जनता समाजवादी पार्टी (जसपा) ले नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम लाल चौधरीको उम्मेदवारी खारेज गरिएको घटनाप्रति गम्भीर आपत्ति जनाएको छ । पार्टीले एक विज्ञप्ति जारी गर्दै उक्त कदमलाई 'असंवैधानिक, प्रतिशोधपूर्ण र अलोकतान्त्रिक हर्कत' को संज्ञा दिएको छ ।

जसपाले पहिचानका लागि संघर्षरत व्यक्तित्वको उम्मेदवारी अस्वीकार गरिनुले लोकतन्त्र र समावेशी राजनीतिमाथि प्रश्न उठाएको बताएको छ ।

पार्टीले यो घटनालाई जसपा, नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय मुक्ति पार्टीबीच 'जाँतो' चुनाव चिह्नमा सहकार्य गर्ने निर्णयसँग जोडेर हेरेको छ । तीन दलको एकताबाट इर्ष्यालु बनेका तत्वहरूले षड्यन्त्रपूर्वक यस्तो कदम चालेको आशंका जसपाले गरेको छ ।

निर्वाचन आयोगले यो निर्णय नसच्याए उत्पन्न हुने गम्भीर परिणामको जिम्मेवारी सम्बन्धित निकायले नै लिनुपर्ने चेतावनी समेत विज्ञप्तिमा दिइएको छ ।

यो समाचारमा

काठमाडौँजनता समाजवादी पार्टीरेशम लाल चौधरीनिर्वाचन आयोग
नागरिक उन्मुक्ति पार्टी4 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    वैदेशिक रोजगार कसुरमा फरार दुई प्रतिवादी पक्राउ

    काठमाडौं । वैदेशिक रोजगारसम्बन्धी कसुर मुद्दामा फरार रहेका दुई जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा रूकुम मुसिकोटका ४७ वर्षीय रामचन्द्र खड्का र रूकुम पूर्व पुथा उत्तरगङ्गाका ४८ वर्षीय पूर्णबहादुर मल्ल रहेका छन्।खड्कालाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ललितपुरको इमाडोलबाट पक्राउ गरेको हो। उनीविरुद्ध वैदेशिक रोजगार न्यायाधिकरणबाट गत

    Data is loading...

    Loading brands...

    Loading footer...