काठमाडौँ ।
साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार परिसूचक नेप्सेमा सामान्य सुधार देखिएको छ । बजार ९.२३ अंकले बढेर २७१४ अंकमा पुगेको छ ।
कारोबारको अन्तिम आधा घण्टामा बजार बढेको हो । बुधबार बजार ९.४३ अंकले घटेको थियो । आज कारोबार रकम पनि सामान्य बढेर ९ अर्ब ७ करोड रुपैयाँ पुगेको छ । दिनभर भएका कारोबारमा १६२ कम्पनीको सेयर मूल्य बढ्दा ८८ कम्पनीको घट्यो भने १० कम्पनीको स्थिर रह्यो ।
आज फाइनान्स समूह सबैभन्दा धेरै २.३८ प्रतिशतले बढेको छ भने बैंकिङ र व्यापार समूह घटेका छन् ।
एसवाई प्यानल, श्रीनगर एग्रिटेक, त्रिशुली जलविद्युत् र कर्पोरेट डेभलपमेन्ट बैंक गरी चार कम्पनीको सेयर मूल्यमा १० प्रतिशतको सकारात्मक सर्किट लागेको छ । कालिका पावरको मूल्य भने सबैभन्दा धेरै ६.२५ प्रतिशतले घटेको छ । कारोबार रकमका आधारमा आँखुखोला जलविद्युत्, मञ्जुश्री फाइनान्स र एसवाई प्यानल शीर्ष स्थानमा रहे ।