भोलिदेखि शनिबारसम्म देशभर वर्षा र हिमपातको सम्भावना

Author

सजिलो पत्रिका

२०८२ माघ ०८, बिहिबार

28
Share
Featured
  • शुक्रवार दिउँसोदेखि शनिबार बिहानसम्म पश्चिमी वायुको प्रभावले देशमा मौसममा बदली आउने।
  • गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही स्थानमा मेघगर्जनसहित मध्यम वर्षा र उच्च पहाडी/हिमाली भू-भागमा मध्यम हिमपात हुने सम्भावना।
  • कोशी प्रदेशका उच्च भू-भागमा हल्का वर्षा/हिमपात, मधेशमा वर्षा नहुने; चिसो बढ्न सक्ने भएकाले सतर्कता आवश्यक।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

जल तथा मौसम विज्ञान विभागले भोलि (शुक्रबार) देखि शनिबारसम्म देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना रहेको जनाएको छ ।

विभागका अनुसार, शुक्रबार दिउँसोदेखि शनिबार बिहानसम्म पश्चिमी वायुको प्रभावले मौसममा बदली आउनेछ । यस अवधिमा गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेशसुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ ।

त्यस्तै, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा मध्यम हिमपात हुने पूर्वानुमान गरिएको छ । कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागमा भने हल्का वर्षा र हिमपातको सम्भावना छ ।

मधेश प्रदेशमा भने वर्षाको सम्भावना नरहेको विभागले जनाएको छ । मौसममा आउने परिवर्तनले चिसो बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन विभागले सबैलाई आग्रह गरेको छ ।

यो समाचारमा

काठमाडौँलुम्बिनी प्रदेशगण्डकी प्रदेशकोशी प्रदेश
कर्णाली प्रदेश6 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    जेनजी आन्दोलनका शहीद परिवार र घाइतेका लागि सरकारको विशेष प्याकेज

    काठमाडौँ । सरकारले 'जेनजी आन्दोलन' का शहीद परिवार र घाइतेहरूको पुनस्र्थापना, जीवनयापन तथा सामाजिक संरक्षणका लागि एकीकृत कार्ययोजना अघि बढाएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले स्वीकृत गरेको यस कार्ययोजनाअनुसार अब सरकारी निकायहरूमा करारमा कर्मचारी नियुक्ति गर्दा शहीद परिवारका एक सदस्य वा घाइतेलाई योग्यता र क्षमताका आधारमा पहिलो प्राथमिकता दिइनेछ।कार्ययोजनामा शहीद परिवार

    Data is loading...

    Loading brands...

    Loading footer...