निर्वाचन भयरहित बनाउन भरपर्दो सुरक्षा योजना बनाउनुस्-आईजीपी कार्की

Author

सजिलो पत्रिका

२०८२ माघ ०८, बिहिबार

28
Share
Featured
  • आईजीपी दानबहादुर कार्कीले प्रतिनिधिसभा निर्वाचन भयरहित र निष्पक्ष बनाउन कडा सुरक्षा योजना लागू गर्न निर्देशन दिए।
  • आपराधिक गतिविधि रोक्न सूचना संकलन, अपराध अनुसन्धान, हतियार बरामद र फरार प्रतिवादी पक्राउमा जोड दिए।
  • भर्चुअल बैठकमा सातै प्रदेशका प्रहरी प्रमुख र जिल्ला प्रहरी प्रमुखहरूको सहभागिता थियो।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले आगामी प्रतिनिधि सभा निर्वाचनलाई भयरहित र निष्पक्ष वातावरणमा सम्पन्न गर्न भरपर्दो सुरक्षा योजना बनाएर प्रहरी परिचालन गर्न निर्देशन दिएका छन् ।

नेपाल प्रहरी प्रधान कार्यालयबाट भर्चुअल माध्यममार्फत देशभरका प्रहरी कर्मचारीहरूलाई सम्बोधन गर्दै उनले यस्तो निर्देशन दिएका हुन् । आईजीपी कार्कीले कुनै पनि आपराधिक गतिविधि हुन नदिन सूचना संकलनलाई प्रभावकारी बनाउन र सुरक्षा व्यवस्था मिलाउन जोड दिए ।

उनले अपराध अनुसन्धान, सीमा नाकामा हुने राजस्व चुहावट, हातहतियार बरामद र फरार प्रतिवादी पक्राउ जस्ता विषयलाई विशेष प्राथमिकतामा राखेर काम गर्न निर्देशन दिए ।

कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरूले पनि परिस्थितिअनुसार आफूलाई ढालेर जिम्मेवारी पूरा गर्न मातहतका कर्मचारीलाई अनुरोध गरेका थिए । भर्चुअल बैठकमा सातवटै प्रदेशका प्रहरी प्रमुख तथा जिल्ला प्रहरी प्रमुखहरूको सहभागिता थियो ।

यो समाचारमा

नेपाल प्रहरीकाठमाडौँप्रतिनिधि सभा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ - राष्ट्रपति पौडेल

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विकास निर्माणको केन्द्रमा मानव र प्रकृतिलाई राख्नुपर्नेमा जोड दिएका छन्। नेपाल इन्जिनियर्स एसोसिएसनको ६४औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले विकासको अवधारणा जनताको कल्याण र मुलुकको समृद्धिसँग जोडिनुपर्ने बताए।जलवायु परिवर्तनको बढ्दो चुनौतीलाई मध्यनजर गर्दै अबका पूर्वाधारहरू दिगो, पर्यावरणमैत्री र 'हरित विकास' को सिद्धान्तमा आधारित हुनुपर्ने राष्ट्रपतिको भनाइ

    Data is loading...

    Loading brands...

    Loading footer...