महिला विश्वकप छनोट- नेपालले पायो नेदरल्याण्ड्सबाट १४१ रनको लक्ष्य

Author

सजिलो पत्रिका

२०८२ माघ ०८, बिहिबार

29
Share
Featured
  • नेदरल्याण्ड्सले २० ओभरमा ५ विकेट गुमाएर १४० रन बनायो, नेपालले जितका लागि १४१ रनको लक्ष्य पायो।
  • कप्तान बबेत्ते दि लिडले ४९ र स्टेर्रे कालिसले ३० रन बनाए; नेपालकी रुबिना क्षेत्रीले २ विकेट लिइन्।
  • विश्वकप छनोटको दबाबपूर्ण खेलमा नेपाललाई जित अनिवार्य छ, पहिलो खेलमा नेपाल थाइल्याण्डसँग पराजित भएको थियो।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

आईसीसी टी-२० महिला विश्वकप छनोट अन्तर्गतको आफ्नो दोस्रो खेलमा नेपालले जितका लागि १४१ रनको लक्ष्य पाएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेदरल्याण्ड्सले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १४० रन बनायो । नेदरल्याण्ड्सका लागि कप्तान बबेत्ते दि लिडले सर्वाधिक ४९ रनको योगदान दिइन् भने स्टेर्रे कालिसले ३० रन बनाइन् ।

बलिङतर्फ नेपालकी कप्तान रुबिना क्षेत्रीले २ विकेट लिइन् । सोमु विष्ट, पूजा महतो र रिया शर्माले एक-एक विकेट लिए ।

विश्वकपमा स्थान बनाउन नेपाललाई यो खेल जित्नैपर्ने दबाब छ । नेपाल आफ्नो पहिलो खेलमा थाइल्यान्डसँग पराजित भएको थियो ।

छनोट प्रतियोगितामा सहभागी १० देशमध्ये शीर्ष चार टोली सन् २०२६ मा इंग्ल्याण्ड र वेल्समा हुने टी-२० विश्वकपका लागि छनोट हुनेछन् ।

यो समाचारमा

काठमाडौँनेदरल्याण्ड्सनेपालथाइल्यान्ड
क्रिकेट4 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    स्पेनसँग हारेपछि पत्रकार सम्मेलनमै रोए अर्जेन्टिनाका प्रशिक्षक

    काठमाडौं । सोमबार बिहान अर्जेन्टिनालाई अतिरिक्त समयमा १-० ले हराएर स्पेनले दोस्रोपटक फिफा विश्वकपको उपाधि जितेको छ। अर्जेन्टिनालाई मुस्किलले हराउँदै १६ वर्षपछि दोस्रोपटक विश्वकपको उपाधि जित्दा स्पेनी टोलीको खुसीको सीमा छैन।उता पराजित अर्जेन्टिनाका प्रशिक्षक लियोनेल स्कालोनी भने पत्रकार सम्मेलनमै रोएका छन्। खेलपछि आयोजित पत्रकार सम्मेलनमा उनी धेरैपटक रोए र माफी

    Data is loading...

    Loading brands...

    Loading footer...