प्रतिनिधी सभा निर्वाचन : कर्णालीमा १३८ उम्मेदवारमा १२ जनामात्र महिला

Author

सजिलो पत्रिका

२०८२ माघ ०७, बुधबार

33
Share
Featured
  • कर्णाली प्रदेशका १२ सिटका लागि कुल १३८ जना उम्मेदवार मैदानमा उत्रिएका छन्, तर तीमध्ये महिला उम्मेदवारको संख्या अत्यन्त न्यून (१२ जना मात्र) रहेको छ।
  • ठूला दलहरू नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टीले प्रत्यक्षतर्फ महिला उम्मेदवार नउठाएको अवस्थामा कांग्रेसले मात्र दैलेख–१ मा बासना थापालाई उम्मेदवार बनाएको छ।
  • रास्वपा, राप्रपा, नेमकिपा, माओवादी, आम जनता पार्टी, राष्ट्रिय जनमोर्चा र नेपाल मितेरी पार्टीलगायत साना दलहरूले विभिन्न जिल्लामा महिला उम्मेदवार खडा गरेका छन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

कर्णाली प्रदेशमा १२ सिटका लागि १३८ जना चुनामी मैदानमा होमिएका छन् । ति मध्ये महिला उम्मेदवारको संख्या न्यून रहेको छ ।

ठुला राजनितिक दलहरुले प्रत्यक्षमा महिला उम्मेदवार चुनावमा उठाएका छैनन् । कर्णालीका जम्मा १ सय ३८ उम्मेदवारमा १२ जना मात्र महिला उम्मेदवार रहेका छन् ।

नेपाली काँग्रेसले दैलेख क्षेत्र नं. १ मा बासना थापालाई उम्मेदवार बनाए पनि दोस्रो ठुलो दल नेपाल कम्युनिष्ट पार्टी (एमाले)नेपाली कम्युनिष्ट पार्टीले महिला उम्मेद्वार बनाएका छैनन् । राष्ट्रिय स्वतन्त्र पार्टीले जुम्लामा विनिता कठायत र डोल्पामा देवसी ऐडीलाई उम्मेदवार बनाएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले सल्यानमा अनिसा नेपालीलाई टिकट दिएको छ । कठायत र नेपाली बअघिल्लो पटक समानुपातिकतर्फबाट प्रतिनिधी सभा सदस्य भएका थिए ।

सुर्खेत क्षेत्र नं.२ बाट नेपाल मजदुर किसान पार्टीले तुलसी खड्का र सुर्खेत क्षेत्र नं. १ बाट नेकपा माओवादीले हिरु शाहीलाई उम्मेदवार बनाएको छ ।
आम जनता पार्टीले पश्चिमी रूकुममा प्रेमा दमाइ, दैलेख क्षेत्र नं. १ मा मेनका श्रेष्ठ र २ मा तीर्थाकुमारी बंशीमगर (विक)लाई उम्मेदवार बनाएको छ । राष्ट्रिय जनमोर्चाले सल्यानमा कमला डाँगी र नेपाल मितिेरी पार्टीले डोल्पामा जुनु भण्डारीलाई उम्मेदवार बनाएको छ ।

यो समाचारमा

राष्ट्रिय स्वतन्त्र पार्टीकाठमाडौँसल्यानडोल्पा
राष्ट्रिय जनमोर्चा15 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    प्रतिनिधिसभामा सीमान्तकृतको कमजोर प्रतिनिधित्व

    काठमाडौँप्रतिनिधिसभा सदस्यको निर्वाचनसँगै प्रत्यक्ष र समानुपातिकतर्फको नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी पहिलो, नेपाली काँग्रेस दोस्रो, नेपाल कम्युनिष्ट पार्टी (एमाले) तेस्रो र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) चौथो पार्टी बनेको छ । यस पटक सीमान्तृकत समुदायको उपस्थिति कमजोर देखिएको छ । प्रत्यक्षतर्फ १६५ मध्ये जम्मा १४ जना (८.४८ प्रतिशत) छ

    Data is loading...

    Loading brands...

    Loading footer...