चिकित्सक सङ्घको निर्वाचनका लागि उम्मेदवारको अन्तिम नामावली सार्वजनिक

Author

सजिलो पत्रिका

२०८२ माघ ०६, मङ्गलबार

46
Share
Featured
  • नेपाल चिकित्सक सङ्घ (एनएमए) को आगामी निर्वाचनका लागि उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरिएको छ।
  • उच्च अदालत पाटनको अन्तरिम आदेशका कारण रोकिएको निर्वाचन नयाँ मिति तोकेर अघि बढाइने तयारी छ।
  • अध्यक्ष, वरिष्ठ उपाध्यक्षसहित केन्द्रीय पद र सबै प्रदेश संयोजक पदमा बहुप्रतिस्पर्धी उम्मेदवारी परेको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नेपाल चिकित्सक सङ्घ (एनएमए) को आगामी निर्वाचनका लागि निर्वाचन समितिले उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरेको छ ।

समितिले सूचना जारी गर्दै पुस २ गते निर्वाचन समिति समक्ष मनोनयन फारम पेस भएका तथा मनोनयनका लागि दस्तुर बुझाएका सदस्यको मनोनयन कायम गरी अन्तिम नामावली प्रकाशन गरेको हो ।

निर्वाचन समितिले विधान बाहिर गएर काम गरेकाले यथास्थितिमा निर्वाचनका गतिविधि अघि नबढोस् भन्दै डा.अजयकुमार मिश्रले दायर गरेको रिटमा प्रारम्भिक सुनुवाइ गर्दै उच्च अदालत पाटनले उनको पक्षमा अन्तरिम आदेश दिएपछि निर्वाचन रोकिएको थियो ।

सार्वजनिक सूचना अनुसार संघको वर्तमान कार्यसमितिसँग छलफल गरी यथाशीघ्र निर्वाचन आयोगसँग स्वीकृत लिई निर्वाचनको नयाँ मिति तय गरिने छ ।

समितिले सबै उम्मेदवार, मतदाता तथा सरोकारवालालाई निर्वाचन प्रक्रियामा सक्रिय सहभागिता जनाउन आग्रह गरेको छ ।

एनएमएको आगामी निर्वाचनका लागि अध्यक्ष पदमा डा.बद्री रिजाल, डा.मङ्गल रावल र डा.नारायणप्रसाद भुसाल ,वरिष्ठ उपाध्यक्षका लागि डा. अजयकुमार मिश्रा, डा.कृतिपाल सुवेदी, डा.सञ्चीव तिवारीलेको उम्मेदवारी परेको छ ।

त्यस्तै महासचिव पदका लागि तीन जना, कोषाध्यक्षका लागि दुई, सहसचिवका लागि तीन सह कोषाध्यक्षका लागि दुई र सदस्यका लागि १८ जनाको उम्मेदवारी परेको छ ।

त्यसैगरी, प्रदेश संयोजकको लागि कोशी प्रदेशमा तीन, मधेश प्रदेशमा तीन, बागमती प्रदेशमा चार, गण्डकी प्रदेशमा दुई, लुम्बिनी प्रदेशमा तीन, कर्णाली प्रदेशमा तीन र सुदूरपश्चिम प्रदेशमा दुई जनाको उम्मेदवारी परेको छ ।

यो समाचारमा

मधेश प्रदेशउच्च अदालतबागमती प्रदेशकोशी प्रदेश
सुदूरपश्चिम प्रदेश8 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    भरतपुर अस्पताललाई ९२ करोड बढी भुक्तानी

    चितवन । भरतपुर अस्पतालले रु ९२ करोड ३६ लाख ४२ हजार ९४७ भुक्तानी पाएको छ । बिमा गरेका सेवाग्राहीसँग अस्पतालले असुल गर्नुपर्ने उक्त रकम बिमा बोर्डले उपलब्ध गराएको हो ।  स्वास्थ्य संस्थाका बिमा कार्यक्रम प्रमुख लिलाधर पौडेल उपचारवापत अझै रु ३६ करोड असुल हुन बाँकी रहेको जानकारी दिए ।  संस्थाले विसं २०७४

    Data is loading...

    Loading brands...

    Loading footer...