कांग्रेसले काठमाडौं-५ मा महामन्त्री प्रदीप पौडेललाई नै उम्मेदवार बनाउने

Author

सजिलो पत्रिका

२०८२ माघ ०६, मङ्गलबार

42
Share
Featured
  • नेपाली कांग्रेसले काठमाडौं क्षेत्र नं. ५ बाट महामन्त्री प्रदीप पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको छ।
  • पौडेल २०७९ मा पनि यही क्षेत्रबाट विजयी भएका थिए र अब फागुन २१ को निर्वाचनका लागि पुनः दर्ता गर्न लागेका छन्।
  • उनी आज अपराह्न ३ बजे निर्वाचन अधिकृत कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गर्ने तयारीमा छन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नेपाली काँग्रेसले काठमाडौं क्षेत्र नम्बर ५ मा महामन्त्री प्रदिप पौडेललाई नै प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनाउने निर्णय गरेको छ ।

पार्टीको संसदीय बोर्ड बैठकले पौडेललाई पुरानै निर्वाचन क्षेत्रबाट उठाउने निर्णय गरेको हो । उनी २०७९ सालको निर्वाचनमा पनि यही क्षेत्रबाट विजयी भएका थिए ।

महामन्त्री पौडेलले आज अपराह्न ३ बजे निर्वाचन अधिकृतको कार्यालयमा पुगेर आफ्नो उम्मेदवारी दर्ता गराउने तयारी गरेका छन् ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि आज देशभर उम्मेदवारी दर्ता भइरहेको छ ।

यो समाचारमा

प्रदिप पौडेलनेपाली काँग्रेसप्रतिनिधि सभाकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    मन्त्री बर्खास्तपछि एमालेद्वारा सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता

    काठमाडौं ।नेपाल कम्युनिष्ट पार्टी (एमाले) सुदूरपश्चिम प्रदेश संसदीय दलले नेपाली काँग्रेस नेतृत्वको प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ। बुधबार बसेको संसदीय दलको बैठकले सोही दिन साँझ ५ बजेदेखि लागू हुने गरी सरकारप्रतिको समर्थन फिर्ता लिने निर्णय गरेको दलका नेता राजेन्द्रसिंह रावलले जानकारी दिए।आर्थिक वर्ष २०८३/८४ को बजेट

    Data is loading...

    Loading brands...

    Loading footer...