बालेनले झापा-५ बाट दिए उम्मेदवारी, समर्थकको बाक्लो उपस्थिति

Author

सजिलो पत्रिका

२०८२ माघ ०६, मङ्गलबार

30
Share
Featured
Image Source: onlinekhabar
  • रास्वपाका वरिष्ठ नेता तथा पूर्वमेयर बालेन्द्र शाह (बालेन) ले झापा–५ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गरेका छन्।
  • मंगलबार दमकस्थित निर्वाचन अधिकृतको कार्यालयमा सयौं समर्थकसहित उनले मनोनयन दर्ता गराएका हुन्।
  • झापा–५ मा बालेन र नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीबीच प्रतिस्पर्धा हुने भएको छ।
  • दुई चर्चित नेताको भिडन्तले झापा–५ को चुनाव राष्ट्रिय राजनीतिको केन्द्र बनेको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा काठमाडौंका पूर्वमेयर बालेन्द्र शाह (बालेन) ले झापा क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका छन् ।

मंगलबार दमकस्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनले मनोनयन दर्ता गराएका हुन् । उम्मेदवारी दर्ताका क्रममा सयौं समर्थकहरूले झाँकी, बाजागाजा र नाराबाजीसहित उनलाई साथ दिएका थिए ।

रास्वपाले भावी प्रधानमन्त्रीका रूपमा अघि सारेका बालेनले अब यही क्षेत्रबाट उम्मेदवार बनेका नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष खड्गप्रसाद शर्मा ओलीसँग प्रतिस्पर्धा गर्नेछन् । दुई चर्चित नेताको प्रतिस्पर्धाले झापा-५ को चुनावलाई राष्ट्रिय राजनीतिको केन्द्रविन्दुमा ल्याइदिएको छ ।

यो समाचारमा

खड्गप्रसाद शर्मा ओलीनेपाल कम्युनिष्ट पार्टी (एमाले)झापाराष्ट्रिय स्वतन्त्र पार्टी
बालेन्द्र शाह (बालेन)5 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    स्वदेशी जुत्ताचप्पल उद्योगको प्रवर्द्धन र ब्रान्डिङमा सरकारले सघाउने- प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले स्वदेशी जुत्ताचप्पल उद्योगको प्रवर्द्धन, ब्रान्डिङ र बजार विस्तारका लागि सरकारले निजी क्षेत्रलाई प्रोत्साहन गर्ने बताएका छन्। शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा फुटवेयर म्यानुफ्याक्चरर्स एसोसिएसन अफ नेपाल (एफएमएएन) का पदाधिकारीहरूसँगको छलफलमा उनले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन्।प्रधानमन्त्री शाहले आयात प्रतिस्थापन र रोजगारी सिर्जनाका लागि सरकारले

    Data is loading...

    Loading brands...

    Loading footer...