विप्लवसहित माओवादीका शीर्ष नेताले चुनाव नलड्ने

Author

सजिलो पत्रिका

२०८२ माघ ०५, सोमबार

60
Share
Featured
  • नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) का शीर्ष नेताहरूले फागुन २१ को प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी नदिने निर्णय गरेका छन्।
  • सोमबार बिहान बसेको स्थायी कमिटी बैठकले शीर्ष नेताहरू चुनाव नलड्ने तर अन्य नेता–कार्यकर्तालाई चुनावमा जान रोक नलगाउने निर्णय गरेको हो।
  • यससँगै महासचिव विप्लव रोल्पाबाट चुनाव लड्ने चर्चा पनि समाप्त भएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का शीर्ष नेताहरूले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवारी नदिने भएका छन् ।

आज (सोमबार) बिहान बसेको पार्टी स्थायी कमिटीको भर्चुअल बैठकले यस्तो निर्णय गरेको हो । स्थायी समिति सदस्य अनिल शर्मा ‘विरही’का अनुसार, शीर्ष नेताहरूले चुनाव नलड्ने निर्णय भए पनि अन्य नेता तथा कार्यकर्तालाई भने चुनावमा जान रोक लगाइएको छैन ।

यसअघि महासचिव विप्लवले रोल्पाबाट चुनाव लड्ने चर्चा चलेको थियो । तर, पार्टीको यो नयाँ निर्णयसँगै अब उनले उम्मेदवारी नदिने भएका छन् ।

यो समाचारमा

काठमाडौँप्रतिनिधि सभानेपाल कम्युनिष्ट पार्टी (माओवादी)नेत्रविक्रम चन्द
रोल्पा4 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला र नियमनकारी निकायका व्यक्तिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य मुख्य प्राथमिकतामा रहेको बताएका हुन् ।प्रधानमन्त्री शाहले व्यवसायीलाई

    Data is loading...

    Loading brands...

    Loading footer...