दुई लाख ८२ हजार पुग्यो सुन, चाँदीले पनि बनायो नयाँ रेकर्ड

Author

सजिलो पत्रिका

२०८२ माघ ०५, सोमबार

79
Share
Featured
  • सोमबार सुनको मूल्य तोलामा ४,२०० रुपैयाँ बढेर प्रतितोला २ लाख ८२ हजार रुपैयाँसहित ऐतिहासिक उच्च विन्दुमा पुगेको छ।
  • चाँदीको मूल्य पनि तोलामा १८५ रुपैयाँ बढेर प्रतितोला ५,८१० रुपैयाँ पुगेको छ, जुन हालसम्मकै उच्च हो।
  • अन्तर्राष्ट्रिय बजारमा भएको मूल्यवृद्धिको असर नेपाली बजारमा परेको व्यवसायीहरूले बताएका छन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नेपाली बजारमा सुन र चाँदीको मूल्यले ऐतिहासिक रेकर्ड कायम गरेको छ । साताको दोस्रो कारोबार दिन सोमबार सुनको मूल्य एकैदिन तोलामा ४ हजार २०० रुपैयाँले बढेर अहिलेसम्मकै उच्च विन्दुमा पुगेको हो ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार, आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८२ हजार रुपैयाँ कायम भएको छ । आइतबार सुन प्रतितोला २ लाख ७७ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, चाँदीको मूल्य पनि आज तोलामा १८५ रुपैयाँले बढेर ऐतिहासिक उचाइमा पुगेको छ । महासंघका अनुसार, आज चाँदी प्रतितोला ५ हजार ८१० रुपैयाँमा कारोबार भइरहेको छ, जुन हालसम्मकै उच्च हो ।

अन्तर्राष्ट्रिय बजारमा भएको मूल्यवृद्धिको असर नेपाली बजारमा परेको व्यवसायीहरूले बताएका छन् ।

यो समाचारमा

काठमाडौँसुनचाँदी ब्यवसायी महासंघ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    कामना सेवा विकास बैंकले सुरु गर्‍यो नेपालपे कार्ड

    काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले डिजिटल बैंकिङ सेवा विस्तार गर्ने उद्देश्यले 'नेपालपे कार्ड' को इस्युइङ र अक्वायरिङ सेवा सुरु गरेको छ। यससँगै बैंकका ग्राहकले अब नेपालपे कार्ड प्राप्त गर्न सक्नेछन् भने बैंकका देशभर रहेका ६६ वटा एटीएमबाट नेपालपे र डिस्कभर नेटवर्कका अन्तर्राष्ट्रिय कार्डहरू (रुपेसहित) मार्फत कारोबार गर्न सकिनेछ।नेपाल

    Data is loading...

    Loading brands...

    Loading footer...