बलिदानी दिवसमा बालेनले लहान पुगेर शहीदलाई सम्झिए

Author

सजिलो पत्रिका

२०८२ माघ ०५, सोमबार

93
Share
Featured
  • रास्वपाका वरिष्ठ नेता बालेन्द्र साह (बालेन) ले मधेश बलिदानी दिवसमा सिरहाको लहान पुगेर मधेश आन्दोलनका शहीदहरूलाई श्रद्धाञ्जली अर्पण गरे।
  • लहानस्थित मधेशी शहीद पार्कमा प्रथम मधेश शहीद रमेश महतोसहितका शहीदहरूको शालिकमा माल्यार्पण गरिएको हो।
  • आज प्रथम मधेश आन्दोलनको १९ वर्ष पूरा भएको छ, रमेश महतोको निधनको सम्झनामा हरेक वर्ष माघ ५ गते बलिदानी दिवस मनाइन्छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले मधेश बलिदानी दिवसको अवसरमा सिराहाको लहान पुगेर मधेश आन्दोलनका शहीदहरूप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।

लहानस्थित मधेशी शहीद पार्कमा उनले प्रथम मधेश शहीद रमेश महतो लगायतका शहीदहरूको शालिकमा माल्यार्पण गरेका हुन् । उनीसँगै मन्त्री बब्लु गुप्ता र निवर्तमान सांसद अमरेस सिंहले पनि शहीदहरूको शालिकमा माल्यार्पण गरे ।

प्रथम मधेश आन्दोलनको आज १९ वर्ष पूरा भएको छ । २०६३ साल माघ ५ गते यही आन्दोलनका क्रममा लहानमा रमेश महतोको मृत्यु भएको थियो । सोही दिनको सम्झनामा हरेक वर्ष माघ ५ गते मधेशमा बलिदानी दिवस मनाइन्छ ।

यो समाचारमा

राष्ट्रिय स्वतन्त्र पार्टीसिराहाबालेन्द्र शाह (बालेन)काठमाडौँ
बब्लु गुप्ता4 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    मधेस प्रदेशमा ५८ प्रतिशत धान रोपाइँ

    जनकपुरधाम : यसवर्ष समयमै वर्षा नहुँदा असारको अन्तिमसम्म मधेस प्रदेशमा करिब ५८ प्रतिशत खेतीयोग्य जग्गामा धान रोपाइँ भएको छ । मधेस प्रदेश कृषि विकास निर्देशनालय नक्टाझिज धनुषाका अनुसार असारसम्ममा मधेस प्रदेशमा कुल क्षेत्रफलको ५७ दशमलव ९३ प्रतिशत हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको हो । त्यसमध्ये सबैभन्दा बढी सिरहामा ८० प्रतिशत क्षेत्रफलमा

    Data is loading...

    Loading brands...

    Loading footer...