सकियो तीन दिने एग्रीटेक एक्स्पो : ३१ हजार बढीले गरे अवलोकन

Author

सजिलो पत्रिका

२०८२ माघ ०५, सोमबार

49
Share
Featured

काठमाडौँ

चितवन प्रर्दशनी केन्द्रमा संचालित तीनदिने आठौं एग्रीटेक इन्टरनेसनल एक्स्पो सम्पन्न भएको छ ।

माघ २ देखि माघ ४ गतेसम्म सञ्चालित एक्स्पोमा ३१ हजार बढी अवलोकनकर्ताले अवलोकन गरेका छन । नेपाल मिडिया स्पेस सोलुसन्स प्रा.लि. र फुचुरेक्स ट्रेड फेयर एण्ड इभेन्ट्स प्रा.लि. को संयुक्त आयोजनामा एक्स्पोको आयोजना गरिएको हो ।

मिडीया स्पेसका प्रबन्ध निर्देशक सृजल भट्टराईले एक्स्पोमा तीनदिनमा ३१ हजार बढीले अवलोकन गरेको जानकारी दिएका छन् ।

उनले भने, ‘एक्स्पो छोटो भएपनि अवलोकनकर्ताको रुचि धेरै पायौं । उहांँहरुले प्रविधि र प्रडक्टको बारे बुझ्ने, जान्ने र प्रयोगका बारेमा जानकारी लिनुभयो, सबै प्रर्दशकहरु पनि खुशी हुनुहुन्छ ।’

चितवन उद्योग संघका अध्यक्ष मदन घिमिरेले एक्स्पोमा आशा गरेभन्दा बढी अवलोकनकर्ता आएको बताए ।

उनले भने, ‘पहिलेका एक्स्पो, मेलामा सबै प्रकारका अवलोकनकर्ताहरु पनि आउने गर्नुहुन्थ्यो, अध्यक्ष घिमिरेले भन्नुभयो, यसपटक लक्षित समुहका अवलोकनकर्ताहरु आएको पायौं ।’

चितवन उद्योग संघले गर्दै आएका यस्ता कार्यक्रमले सार्थकता पाउंँदै गरेको र अवलोकनकर्ताहरुले पनि अधिकतम लाभ लिएको घिमिरेको भनाई छ । एक्स्पोमा कृषक, उद्यमी, व्यवसायी, अनुसन्धानकर्ता लगायत विषयगत क्षेत्रका अवलोकन कर्ताको उत्साहजनक सहभागिताले एक्स्पो सफल भएको पनि उनले बताए ।

विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि प्रदर्शनीप्रति देशभरका कृषक, कृषि उद्यमी, लगानीकर्ता, सहकारी, सरोकारवाला निकाय तथा व्यावसायिक प्रतिष्ठानहरूको सहभागिता रहेको छ । तीन दिनसम्म चल्ने यस अन्तर्राष्ट्रिय प्रदर्शनीमा नेपाल, भारत, चीन लगायत विभिन्न देशका कृषि सम्बन्धी राष्ट्रिय तथा अन्तरराष्ट्रिय कम्पनीका १०० भन्दा बढी स्टलहरूहरु रहेका छन ।

प्रदर्शनीमा कुखुरापालन, मत्स्यपालन, बाख्रापालन, गाई–भैंसी पालन, डेरी व्यवसाय, कृषिऔजार तथा उपकरण, कृषियन्त्र, पशु स्वास्थ्य तथा पशु चिकित्सा सेवा, खाद्य प्रविधि तथा फुड प्रोसेसिङ, कीटनाशक, मल, बीउ–बिजन, कृषि तालिम तथा वित्तीय समाधान सम्बन्धी विस्तृत जानकारी दिइएको मिडिया स्पेसका प्रबन्ध निर्देशक भट्टराइले जानकारी दिए ।

यस अन्तर्राष्ट्रिय प्रदर्शनीमा प्रवद्र्धक संस्थाको रूपमा नेपाल सरकार, कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतको राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम रहेको छ ।

त्यसैगरी राष्ट्रिय दुग्ध विकास बोर्ड, नेपाल कृषि सहकारी केन्द्रीय संघ लि., राष्ट्रिय कृषक समूह महासंघ–नेपाल, गाउँपालिका राष्ट्रिय महासंघ–नेपाल, नेपाल पोल्ट्री महासंघ, च्याउ उत्पादक किसान संघ–नेपाल, कृषि तथा वन विज्ञान विश्वविद्यालय तथा चितवन उद्योग संघ सहयोगी संस्थाका रूपमा रहेका छन् । माघ ४ गतेसम्म संचालित एक्स्पोमा निःशुल्क प्रवेश पासको व्यवस्था गरिएको थियो ।

यो समाचारमा

काठमाडौँचितवन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    दैनिक ५२० रुपैयाँमै आफ्नै एमजी कमेट ईभी, जी.ओ. अटोमोबाइल्सको नयाँ ईएमआई योजना

    काठमाडौँ।गोल्छा अर्गनाइजेसनअन्तर्गतको जी.ओ. अटोमोबाइल्स प्रालिले नेपालकै सबैभन्दा स्मार्ट र कम्प्याक्ट विद्युतीय कार 'एमजी कमेट ईभी' खरिदलाई थप सहज बनाउन नयाँ दैनिक ईएमआई योजना सार्वजनिक गरेको छ। कम्पनीका अनुसार अब ग्राहकले दैनिक ५२० रुपैयाँ अर्थात् मासिक १५ हजार ५३५ रुपैयाँको किस्तामा यो कार आफ्नो बनाउन सक्नेछन्।जी.ओ. अटोमोबाइल्सका प्रबन्ध निर्देशक आकाश गोल्छाले

    Data is loading...

    Loading brands...

    Loading footer...