नेपाल राष्ट्र बैंकले आज २५ अर्ब रुपैयाँको एकवर्षे ऋणपत्र जारी गर्दै

Author

सजिलो पत्रिका

२०८३ असार १९, शुक्रबार

13
Share
Featured

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबार २५ अर्ब बराबरको एकवर्षे ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८४’ जारी गर्ने भएको छ ।

राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले शुक्रबार सूचना जारी गर्दै अनलाइन बोलकबोल प्रणालीमार्फत आज दिउँसो ३:०० बजेसम्म बोलकबोल गरी ऋणपत्र जारी गरिने जनाएको हो । बोलकबोलबाट निर्धारण हुने ब्याजदरका आधारमा ऋणपत्र निष्कासन गरिने छ ।

सूचनाअनुसार ऋणपत्रको अवधि एक वर्ष रहनेछ भने साँवा २०८४ असार १९ गते भुक्तानी गरिने छ । ब्याज भने अर्धवार्षिक रूपमा भुक्तानी हुने छ ।

राष्ट्र बैंकका अनुसार न्यूनतम पाँच करोड र त्यसपछि पाँच करोडका दरले भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सकिने छ । उक्त ऋणपत्र राष्ट्र बैंक तथा अन्य बैंक तथा वित्तीय संस्थामा धितोका रूपमा प्रयोग गर्न सकिने व्यवस्था गरिएको छ ।

बोलकबोलमा राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था (काउन्टरपार्टी) मात्र सहभागी हुन पाउने छन् । बोलकबोलबाट स्वीकृत ब्याजदरका आधारमा ऋणपत्र बाँडफाँट गरिने राष्ट्र बैंकले जनाएको छ ।

स्वीकृत ऋणपत्र लगानी पोर्टफोलियोमा समावेश हुनेछ। यसलाई अनिवार्य नगद मौज्दात (सिआरआर) मा गणना गर्न नमिल्ने भए पनि वैधानिक तरलता अनुपात (एसएलआर) र खुद तरल सम्पत्ति अनुपातमा भने गणना गर्न सकिने व्यवस्था गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    दैनिक ५२० रुपैयाँमै आफ्नै एमजी कमेट ईभी, जी.ओ. अटोमोबाइल्सको नयाँ ईएमआई योजना

    काठमाडौँ।गोल्छा अर्गनाइजेसनअन्तर्गतको जी.ओ. अटोमोबाइल्स प्रालिले नेपालकै सबैभन्दा स्मार्ट र कम्प्याक्ट विद्युतीय कार 'एमजी कमेट ईभी' खरिदलाई थप सहज बनाउन नयाँ दैनिक ईएमआई योजना सार्वजनिक गरेको छ। कम्पनीका अनुसार अब ग्राहकले दैनिक ५२० रुपैयाँ अर्थात् मासिक १५ हजार ५३५ रुपैयाँको किस्तामा यो कार आफ्नो बनाउन सक्नेछन्।जी.ओ. अटोमोबाइल्सका प्रबन्ध निर्देशक आकाश गोल्छाले

    Data is loading...

    Loading brands...

    Loading footer...