होटल फरेष्ट इन लिमिटेडको आईपीओ आजदेखि निष्कासनमा

Author

सजिलो पत्रिका

२०८२ माघ ०४, आइतबार

22
Share
Featured

काठमाडौँ

होटल फरेष्ट इन लिमिटेडले आजदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका प्राथमिक शेयर (आईपीओ) निष्कासन तथा बिक्री खुला गरेको छ ।

कम्पनीले नेपाल धितोपत्र बोर्डबाट गत पुस २० गते प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा कुल ४० करोड रुपैयाँ बराबरको ४० लाख कित्ता साधारण शेयर निष्कासन गर्ने अनुमति पाएको थियो । सोमध्ये १० प्रतिशत अर्थात् ४ लाख कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरूका लागि छुट्याइएको छ ।

वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरूले न्यूनतम १० कित्ता र अधिकतम २ लाख कित्ता शेयरसम्मका लागि आवेदन दिन सक्नेछन् ।
यस आईपीओको आवेदन प्रक्रिया छिटोमा माघ ८ गते र ढिलोमा माघ १८ गतेसम्म खुला रहनेछ ।
आवेदकहरुले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र तिनका तोकिएका शाखा कार्यालयमार्फत तथा ‘मेरो शेयर’ अनलाइन प्रणाली प्रयोग गरी आवेदन दिन सक्नेछन् ।

कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको भूमिकामा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ । पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि शेयर वितरण गरिसकेपछि कम्पनीले दोस्रो चरणमा आम सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने जनाएको छ ।

यो समाचारमा

काठमाडौँनेपाल धितोपत्र बोर्ड

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    नयाँ आर्थिक वर्षसँगै नयाँ आयकरको व्यवस्था लागु : १० लाखसम्म कमाउनेलाई १५ मात्र कर

    काठमाडौं। नयाँ आर्थिक वर्षको सुरुवातसँगै सरकारले व्यक्तिगत आयकरको न्यूनतम सीमा (थ्रेसहोल्ड) बढाएर सर्वसाधारणलाई ठुलो राहत दिएको छ। आर्थिक ऐन २०८३ अनुसार आजैदेखि लागु हुने गरी व्यक्तिगत आयकरको सीमा बढाउनुका साथै अधिकतम करको दरमा समेत भारी कटौती गरिएको छ। अर्थ मन्त्रालयका अनुसार आम नागरिकको करको बोझ कम गर्ने उद्देश्यले यो नयाँ

    Data is loading...

    Loading brands...

    Loading footer...