निर्वाचन आयोगको निर्णयविरुद्ध देउवा समूह आज सर्वोच्च अदालत जाने

Author

सजिलो पत्रिका

२०८२ माघ ०४, आइतबार

31
Share
Featured

काठमाडौँ

निर्वाचन आयोगले गगन थापा नेतृत्वको नेपाली काँग्रेसलाई आधिकारिकता दिने निर्णयविरुद्ध शेर बहादुर देउबा समूह आज सर्वोच्च अदालत जाने भएको छ ।

शनिबार बसेको देउवा समूहको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले गगन थापा समूहलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध कानुनी रुपमा प्रतिवाद गर्ने निर्णय गरेको थियो ।

बैठकले कानुनी पाटोको जिम्मा कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई दिइएको थियो ।

खड्काले रिट तयार पार्नका लागि कानुन व्यवसायीहरुसँग छलफल समेत गरिसकेका छन् । त्यसमा बरिष्ठ अधिवक्ता खम्मबहादुर खाती, शेरबहादुर केसी लगायतले साथ दिने बताइएको छ ।

गगन थापा र विश्वप्रकाश शर्मा समूहले गरेको विशेष महाधिवेशनको औचित्य नहुने भन्दै देउवा पक्ष विशेष महाधिवेशनलाई अस्वीकार गर्दै आइरहेका छन् ।

यो समाचारमा

विश्वप्रकाश शर्मानेपाली काँग्रेसकाठमाडौँनिर्वाचन आयोग
शेर बहादुर देउबा6 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    मन्त्री बर्खास्तपछि एमालेद्वारा सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता

    काठमाडौं ।नेपाल कम्युनिष्ट पार्टी (एमाले) सुदूरपश्चिम प्रदेश संसदीय दलले नेपाली काँग्रेस नेतृत्वको प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ। बुधबार बसेको संसदीय दलको बैठकले सोही दिन साँझ ५ बजेदेखि लागू हुने गरी सरकारप्रतिको समर्थन फिर्ता लिने निर्णय गरेको दलका नेता राजेन्द्रसिंह रावलले जानकारी दिए।आर्थिक वर्ष २०८३/८४ को बजेट

    Data is loading...

    Loading brands...

    Loading footer...