बालेनको राजीनामा 'होल्ड', तर चुनाव लड्ने तयारी कायमै

Author

सजिलो पत्रिका

२०८२ माघ ०४, आइतबार

29
Share
Featured
  • काठमाडौं महानगरका मेयर बालेन शाहले आज दिने भनिएको राजीनामा माघ ६ गतेसम्मका लागि होल्ड गरेका छन्, चुनाव लड्ने निर्णय भने यथावत् छ।
  • राजनीतिक परिस्थिति र निर्वाचन आचारसंहिताका कारण राजीनामा तत्काल नदिएको उनको सचिवालयको स्पष्टिकरण छ।
  • बालेन झापा–५ बाट प्रतिनिधिसभा चुनाव लड्ने तयारीमा छन् र आज रास्वपाको केन्द्रीय समिति बैठकमा सहभागी हुनेछन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले आज (माघ ४ गते) दिने भनिएको राजीनामा तत्कालका लागि स्थगित गरेका छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार बन्न उनले राजीनामा दिन लागेको चर्चा थियो ।

मेयर बालेनले राजीनामा नदिएपछि उनी चुनाव लड्ने निर्णयबाट पछि हटेको हो कि भन्ने प्रश्नमा उनको सचिवालयले राजीनामा मात्रै 'होल्ड' भएको स्पष्ट पारेको छ । "चुनाव लड्ने निर्णय यथावत् छ, राजनीतिक परिस्थिति र निर्वाचन आचारसंहिताका केही व्यवस्थाका कारण राजीनामा माघ ६ गतेसम्मका लागि मात्र होल्ड गरिएको हो," सचिवालयले जनाएको छ ।

निर्वाचन कार्यतालिका अनुसार, प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गर्ने दिन माघ ६ गते हो । बालेन झापा-५ बाट चुनाव लड्ने तयारीमा रहेको र त्यसका लागि त्यहाँ सचिवालय समेत स्थापना भइसकेको बताइएको छ ।

आज दिउँसो २ बजे हुने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठकमा भने बालेन सहभागी हुने कार्यक्रम रहेको छ ।

यो समाचारमा

काठमाडौँ महानगरपालिकाकाठमाडौँबालेन्द्र शाह (बालेन)प्रतिनिधि सभा
राष्ट्रिय स्वतन्त्र पार्टी4 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विश्व प्रहरीबीच सहकार्य विस्तार गर्नुपर्नेमा आईजीपी कार्कीको आग्रह

    काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दान बहादुर कार्कीले सीमापार अपराध नियन्त्रणका लागि अन्तर्राष्ट्रिय सहयोग, सूचना आदान–प्रदान र प्रहरी संगठनबीचको साझेदारीलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड दिएका छन्। संयुक्त राष्ट्रसंघको मुख्यालय न्यूयोर्कमा आयोजित पाँचौं संयुक्त राष्ट्रसंघीय प्रहरी प्रमुखहरूको शिखर सम्मेलन (युएनसीओपिएस) मा नेपालको प्रतिनिधित्व गरेर स्वदेश फर्किएपछि सामाजिक सञ्जालमार्फत उनले सम्मेलनमा

    Data is loading...

    Loading brands...

    Loading footer...