कांग्रेस विवाद: देउवा समूहद्वारा सर्वोच्चमा रिट दायर, पेसी माघ ६ गते

Author

सजिलो पत्रिका

२०८२ माघ ०४, आइतबार

42
Share
Featured
  • निर्वाचन आयोगले गगन थापा नेतृत्वको कार्यसमितिलाई आधिकारिकता दिएको निर्णयविरुद्ध देउवा समूहले सर्वोच्चमा रिट दायर गरेको छ।
  • तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्काले रिट दर्ता गराएका हुन्, जसको प्रारम्भिक सुनुवाइ माघ ६ गते तोकिएको छ।
  • आजै पेसी तोक्ने माग सर्वोच्चले अस्वीकार गरेको छ, र रिट दायरमा देउवा समूहका शीर्ष नेताहरू सहभागी थिए।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नेपाली काँग्रेसको शेर बहादुर देउबा समूहले निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेको छ । आयोगले गगन थापा नेतृत्वको कार्यसमितिलाई आधिकारिकता दिने निर्णय गरेपछि त्यसलाई उल्ट्याउन माग गर्दै देउवा समूह अदालत पुगेको हो ।

तत्कालीन कार्यवाहक सभापति पूर्ण बहादुर खड्काले आइतबार सर्वोच्च अदालतमा रिट दर्ता गराएका हुन् । रिट दर्ता भइसकेको र यसको प्रारम्भिक सुनुवाइका लागि पेसी माघ ६ गतेलाई तोकिएको सर्वोच्च प्रशासनले जनाएको छ ।

देउवा पक्षका कानुन व्यवसायीले आजै पेसी तोक्न आग्रह गरे पनि सर्वोच्चले अस्वीकार गरेको हो । रिट दायर गर्न खड्कासँगै नेताहरू प्रकाशमान सिंह, विमलेन्द्र निधि, मानबहादुर विश्वकर्मा लगायत सर्वोच्च अदालत पुगेका थिए ।

यो समाचारमा

काठमाडौँपूर्ण बहादुर खड्कानेपाली काँग्रेससर्वोच्च अदालत
शेर बहादुर देउबा6 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ - राष्ट्रपति पौडेल

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विकास निर्माणको केन्द्रमा मानव र प्रकृतिलाई राख्नुपर्नेमा जोड दिएका छन्। नेपाल इन्जिनियर्स एसोसिएसनको ६४औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले विकासको अवधारणा जनताको कल्याण र मुलुकको समृद्धिसँग जोडिनुपर्ने बताए।जलवायु परिवर्तनको बढ्दो चुनौतीलाई मध्यनजर गर्दै अबका पूर्वाधारहरू दिगो, पर्यावरणमैत्री र 'हरित विकास' को सिद्धान्तमा आधारित हुनुपर्ने राष्ट्रपतिको भनाइ

    Data is loading...

    Loading brands...

    Loading footer...