टिकटबाट वञ्चित भएपछि योगेश भट्टराईको अपिल- 'विचलित नहुनुस्, पार्टीलाई जिताउनुस्'

Author

सजिलो पत्रिका

२०८२ माघ ०४, आइतबार

29
Share
Featured
  • एमाले उपमहासचिव योगेश भट्टराईले टिकट नपाएपछि नेता–कार्यकर्तालाई विचलित नहुन आग्रह गरेका छन्।
  • उनले पार्टीको गौरवपूर्ण इतिहास स्मरण गर्दै एकताबद्ध र उच्च मनोबलका साथ अघि बढ्नुपर्ने बताएका छन्।
  • भट्टराईले सबैलाई आधिकारिक उम्मेदवारलाई विजयी गराउन सक्रिय भूमिका खेल्न आह्वान गरेका छन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपमहासचिव योगेश भट्टराईले आगामी प्रतिनिधि सभा निर्वाचनमा टिकट नपाएपछि नेता तथा कार्यकर्ताहरूलाई विचलित नहुन आग्रह गरेका छन् । शनिबार बसेको पार्टी सचिवालय बैठकले उम्मेदवार टुंगो लगाउँदा टिकटबाट वञ्चित भएपछि उनले आइतबार बिहान सामाजिक सञ्जालमार्फत यस्तो अपिल गरेका हुन् ।

टिकट नपाउने निर्णयप्रति असहमति जनाउँदै बैठकमै 'नोट अफ डिसेन्ट' लेखेका भट्टराईले फेसबुकमा लेखेका छन्, "नेकपा एमालेका प्रिय कमरेडहरू, निर्णय सुनेर विचलित नहुन अनुरोध गर्दछु ।"

उनले पार्टीको लामो र गौरवपूर्ण यात्रालाई स्मरण गर्दै उच्च मनोबल र मजबुत एकताका साथ अघि बढ्नुपर्नेमा जोड दिएका छन् । भट्टराईले पार्टीका आधिकारिक उम्मेदवारहरूलाई विजयी गराउन आ-आफ्नो ठाउँबाट सक्रिय भूमिका खेल्न सम्पूर्ण नेता-कार्यकर्तालाई आह्वानसमेत गरेका छन् ।


यो समाचारमा

प्रतिनिधि सभाकाठमाडौँयोगेश भट्टराईनेपाल कम्युनिष्ट पार्टी (एमाले)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ - राष्ट्रपति पौडेल

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विकास निर्माणको केन्द्रमा मानव र प्रकृतिलाई राख्नुपर्नेमा जोड दिएका छन्। नेपाल इन्जिनियर्स एसोसिएसनको ६४औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले विकासको अवधारणा जनताको कल्याण र मुलुकको समृद्धिसँग जोडिनुपर्ने बताए।जलवायु परिवर्तनको बढ्दो चुनौतीलाई मध्यनजर गर्दै अबका पूर्वाधारहरू दिगो, पर्यावरणमैत्री र 'हरित विकास' को सिद्धान्तमा आधारित हुनुपर्ने राष्ट्रपतिको भनाइ

    Data is loading...

    Loading brands...

    Loading footer...