काठमाडौँ।
निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि निर्वाचन आचारसंहिता लागू गरेको छ । साथै, ७७ वटै जिल्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालय र ८८ वटै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।
आचारसंहिता कार्यान्वयनबारे आयोगले राजनीतिक दलहरूसँग छलफल गरेको छ, जसमा दलहरूले स्वच्छ, स्वतन्त्र र निष्पक्ष निर्वाचनका लागि प्रतिबद्धता जनाएका छन् । उनीहरूले निर्वाचनसम्बन्धी सम्पूर्ण कानुन र आचारसंहिताको इमान्दारीपूर्वक पालना गर्ने बताएका छन् ।
छलफलमा दलहरूले सामाजिक सञ्जालबाट हुने मिथ्या सूचना र दुष्प्रचार नियन्त्रण गर्न आयोगलाई आग्रह गरेका थिए । जवाफमा आयोगले सामाजिक सञ्जाल नियमनका लागि विशेष अनुगमन प्रणाली (सोसियल मिडिया मनिटोरिङ टुल्स) प्रयोग गरिने जानकारी दिएको छ ।
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले सबै दललाई निषेधको राजनीति नगरी कानुनको पालना गर्दै निर्वाचनमा सहभागी हुन आग्रह गरेका छन् । आचारसंहिता लागू भएसँगै निर्वाचनको तयारीले थप गति लिएको छ ।