कांग्रेसमा अब विचार र नीतिमा पनि रूपान्तरण आवश्यक-डा. भट्टराई

Author

सजिलो पत्रिका

२०८२ माघ ०३, शनिबार

73
Share
Featured
  • पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गगन थापाको नेतृत्वमा कांग्रेस पुगेपछि पार्टीको विचार, नीति, कार्यक्रम र संगठनमा व्यापक पुनर्संरचना आवश्यक रहेको बताएका छन्।
  • उनले नवनिर्वाचित सभापति गगन थापा र टिमलाई बधाई तथा शुभकामना दिएका छन्।
  • भट्टराईले बहुदलीय लोकतन्त्रमा दलहरूबीच प्रतिस्पर्धा र सहकार्य सन्तुलित हुनुपर्नेमा जोड दिएका छन्।
समाचार सारांशGenerated using AI.

 काठमाडौँ

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपाली काँग्रेसको नेतृत्व गगन थापाको पुस्तामा आएसँगै अब पार्टीको विचार, नीति, कार्यक्रम र संगठनात्मक प्रणालीमा समेत व्यापक पुनर्संरचना र रूपान्तरण आवश्यक रहेको बताएका छन् ।

निर्वाचन आयोगले गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता दिएपछि सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उनले नवनिर्वाचित सभापति थापा र उनको टिमलाई बधाई तथा शुभकामना दिएका छन् ।

"देशको उदारवादी लोकतान्त्रिक धारको पुरानो पार्टी कांग्रेसको यो विधिसम्मत नेतृत्व पुस्तान्तरणले अरू दलहरूमा पनि सकारात्मक प्रभाव पारोस्," भट्टराईले लेखेका छन् ।
उनले बहुदलीय लोकतन्त्रमा दलहरूबीच प्रतिस्पर्धा र सहकार्य दुवैको सन्तुलित अभ्यास हुनुपर्नेमा जोड दिए । "दलहरूको नेतृत्व मात्र होइन, विचार, नीति, कार्यक्रम, संगठनात्मक प्रणाली र आचरण समेतको पुनर्संरचना र रूपान्तरण समयको माग हो भन्ने कुरा सबै नयाँ–पुराना पार्टीहरूले आत्मसात गर्नुपर्छ," उनले भने ।

यो समाचारमा

गगन थापानिर्वाचन आयोगबाबुराम भट्टराईकाठमाडौँ
नेपाली काँग्रेस4 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    प्रदेशमा तीन दल मिलेर सरकार बनाउने प्रस्तावमा गगन थापाको असहमति

    काठमाडौं ।  नेपाली काँग्रेसका सभापति गगन थापाले प्रदेश सरकार गठनका सन्दर्भमा तीन ठूला दलहरू (कांग्रेस, एमाले र माओवादी) मिल्नुपर्ने प्रस्तावप्रति कडा विमति प्रकट गरेका छन्। आइतबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै थापाले तीन दल मिलेर सरकार बनाउँदा प्रदेश संसद् प्रतिपक्षविहीन हुने र यसले लोकतान्त्रिक मूल्य तथा जनमतको अपमान हुने बताए।थापाले

    Data is loading...

    Loading brands...

    Loading footer...