कालीकोटमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु

Author

सजिलो पत्रिका

२०८२ माघ ०३, शनिबार

60
Share
Featured
  • कालीकोटको शुभकालिका गाउँपालिका–४ सल्लेरीमा जीप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ।
  • उकालो चढ्ने क्रममा जीप ब्याक भएर करिब ५०० मिटर तल तिला नदी किनारमा खसेको थियो।
  • मृतक तीनै जना सडक निर्माण कार्यमा संलग्न थिए भने घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।
समाचार सारांशGenerated using AI.

 काठमाडौँ

कालिकोटको शुभकालिका गाउँपालिका–४ सल्लेरीमा शुक्रबार साँझ जीप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ ।

सेरी पान्तडी सडकखण्डमा उकालो चढ्ने क्रममा भे१ज २८९८ नम्बरको जीप 'ब्याक' भएर दुर्घटना भएको हो । प्रहरीका अनुसार, जीप सडकबाट करिब ५०० मिटर तल तिला नदीको किनारमा खसेको थियो ।

मृत्यु हुनेमा दैलेखका २८ वर्षीय शंकर कठायत, अछामका टेकेन्द्र शाही र जीपका सहचालक कालीकोटका नवराज शाही रहेका छन् । मृतक तीनै जना सडक निर्माणको काममा संलग्न थिए, जसमध्ये कठायत र शाही स्काभेटर अपरेटर थिए ।

प्रहरीले भीरबाट शव निकालेर परीक्षणका लागि सदरमुकाम पठाउने तयारी गरेको छ । जीप चालक प्रहरीको सम्पर्कमा आएको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ ।

यो समाचारमा

अछामशुभकालिका गाउँपालिकादैलेखकाठमाडौँ
कालिकोट4 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    कञ्चनपुरमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

    काठमाडौं । कञ्चनपुर जिल्लाको दोधारा चाँदनी नगरपालिका-१० मा श्रीमानको कुटपिटबाट एक महिलाको मृत्यु भएको छ। ४५ वर्षीया पारु सुनारको बिहीबार बिहान मृत्यु भएको हो।जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार बुधबार दिउँसो सामान्य विवादका क्रममा श्रीमान रन बहादुरले पारुमाथि कुटपिट गरेका थिए। कुटपिटबाट घाइते भएकी उनको दोधारास्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार गरिएको

    Data is loading...

    Loading brands...

    Loading footer...