बालेनलाई प्रेरणाका स्रोत मान्दै बाँकी जीवन सत्कर्ममा विताउँछु : राजु पाण्डे

Author

सजिलो पत्रिका

२०८२ माघ ०२, शुक्रबार

61
Share
Featured
  • काठमाडौँ महानगर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेले पदबाट राजीनामा दिएका छन् र महानगरमा औपचारिक रूपमा बिदाई गरिएको छ।
  • उनले बाँकी जीवन सत्कर्ममा समर्पित गर्ने र समाजले आवश्यक ठानेको भूमिकामा लाग्ने संकेत गर्दै राजनीतिमा प्रवेशको सम्भावना व्यक्त गरेका छन्।
  • मेयर बालेन साहलाई प्रेरणाको स्रोत बताउँदै लोभ त्याग्नुपर्ने शिक्षा पाएको उल्लेख गरेका पाण्डे काठमाडौं–४ बाट फागुन २१ को प्रतिनिधिसभा निर्वाचन लड्ने तयारीमा रहेका छन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

काठमाडौँ महानगर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेले पदबाट राजीनामा दिएका छन् ।

शुक्रबार राजीनामा दिएसँगै महानगर प्रहरी प्रमुख पाण्डेलाई महानगरमा कार्यक्रमको आयोजना गरी बिदाई गरिएको हो ।

बिदाई कार्यक्रममा बोल्दै उनले अब बाँकी जीवन आफूले आफैंलाई कमान्ड गर्ने सत्कर्ममा विताउने बताए ।

राजनीतिमा प्रवेशबारे संकेत गर्दै उनले समाजले आवश्यक ठानेको भूमिकामा लाग्ने धारणा राखे ।

उनले भने,‘अब स्वयंम आफूले आफैंलाई कमाण्ड गर्ने हो । सत्कर्मतिर कमान्ड गर्ने हो । सत्कर्मतिर आफूले आफूलाई कमान्ड गर्न म लाग्छु, अध्ययन गर्छु र समाजलाई कुनै किसिमको भूमिका आवश्यक ठानेको अवस्थामा त्यतातिर लाग्छुु । जनतालाई निराश बनाउने कुनै काम गर्दिन ।’

त्यस्तै उनले मेयर बालेन साहलाई आफ्नो प्रेरणाको स्रोत मान्दै उनीबाट सबैभन्दा ठूलो शत्रु लोभ भएकाले छाड्नुपर्ने कुरा सिकेको बताए ।

‘संसारमा सबैभन्दा ठूलो कुरा भनेको लोभ छाड्नुपर्छ । लोभ सबैभन्दा ठूलो शत्रु हुन्छ र त्यो कुरा मैंले मेयर सायबबाट सिकें । निरन्तर रुपमा काम गर्ने हो । त्यो कामको मुल्यांकन गर्ने जनता नै हुन् । मेरो प्ररणाको स्रोत हुनुहुन्छ उहाँ’ उनले भने ।

उनलाई काठमाडौं ४ बाट फागुन २१ को प्रतिनिधि सभा निर्वाचन लड्ने तयारीमा छन् ।

उनले माघ ४ गतेदेखि लागू हुने गरी पदबाट राजीनामा दिएको बताउँदै चुनाव लड्नेबारे भोषणा पनि त्यसपछि जानकारी गराउने प्रतिक्रिया दिए ।

यो समाचारमा

राजुनाथ पाण्डेकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ - राष्ट्रपति पौडेल

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विकास निर्माणको केन्द्रमा मानव र प्रकृतिलाई राख्नुपर्नेमा जोड दिएका छन्। नेपाल इन्जिनियर्स एसोसिएसनको ६४औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले विकासको अवधारणा जनताको कल्याण र मुलुकको समृद्धिसँग जोडिनुपर्ने बताए।जलवायु परिवर्तनको बढ्दो चुनौतीलाई मध्यनजर गर्दै अबका पूर्वाधारहरू दिगो, पर्यावरणमैत्री र 'हरित विकास' को सिद्धान्तमा आधारित हुनुपर्ने राष्ट्रपतिको भनाइ

    Data is loading...

    Loading brands...

    Loading footer...