कांग्रेस विशेष महाधिवेशनबारे ओलीको प्रश्न : महाधिवेशन कसले बोलाउँछ, थिति होला नि त ?

Author

सजिलो पत्रिका

२०८२ माघ ०२, शुक्रबार

49
Share
Featured
  • नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसको विशेष महाधिवेशनमाथि प्रश्न उठाउँदै नियमित महाधिवेशन हुँदाहुँदै विशेष महाधिवेशन किन गरिएको भन्दै आलोचना गरे।
  • कसैले सडकबाट बहुमत देखाएको आधारमा निर्णय गर्न नमिल्ने भन्दै बहुमत–अल्पमत र बैठक बोलाउने विषयमा स्पष्ट विधि र परम्परा हुनुपर्ने उनले बताए।
  • ओलीले देशमा असंवैधानिक रूपमा सरकार जडान गरिएको आरोप लगाउँदै निर्वाचित सरकार अनिवार्य हुनुपर्ने र लोकतन्त्र तथा संविधानमाथि आक्रमण भइरहेको दाबी गरे।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष खड्गप्रसाद शर्मा ओलीले नेपाली काँग्रेसको विशेष महाधिवेशनबारे टिप्पणी गरेका छन् । शुक्रबार नेकपा एमाले राजधानी प्रदेश कमिटी घोषणा कार्यक्रममा बोल्दै उनले कसैले सडकबाट बहुमत पुर्याएँ भनेका भरमा हुन्छ र भन्दै प्रश्न गरे ।

उनले भने, ‘नेपाली कांग्रेसले नियमित महाधिवेशन नगरेर विशेष महाधिवेशन किन गरेको ? चारपाँच वर्ष कति हो कार्यकाल, नियमित महाधिवेशनको मिति तोकिइसकेको थियो । बैठक कसले बोलाउने भन्ने पनि थिति होला नि ? बैठक कसले बोलाउँछ, महाधिवेशन कसले बोलाउँछ ? थिति होला नि त ? बहुमत र अल्पमतको टुंगो गर्ने पनि त थिति होला नि ! कसैले सडकमा बहुमत पु¥याएँ भनेर भनेका भरमा हुन्छ ।’

उनले प्रजातन्त्रलाई अराजकतातर्फ लैजान खोजिएको बताए । उनले नेपाललाई शान्ति क्षेत्र होइन अराजकता, आतंक अपराध हुने देश बनाउन खोजिएको बताए । उनले आज देशमा असंवैधानिक ढंगले जडान गरिएको सरकार रहेकोले जनताबाट निर्वाचित गरेको सरकार हुनुपर्ने बताए ।

उनले भने, ‘वास्तवमै नेपाल शान्ति क्षेत्र हो । नेपाललाई शान्ति क्षेत्र होइन अराजकता, आतंक अपराध हुने देश बनाउन खोजियो । आज देशमा असंवैधानिक ढंगले जडान गरिएको सरकार छ । अनिर्वाचित र त्यत्तिकै आएर सरकार चल्दैन । जनताले चुनेको हुनुपर्छ । जनताबाट निर्वाचित गरेको सरकार हुनुपर्छ । निर्वाचित सरकार अपदस्थ गरेर, प्रतिनिधिसभा भंग गरेर न्यायलयहरु जलाउने कार्यहरु गरे । नेपाल देशमाथि, सार्वभौमसत्तामाथि, नेपालकको स्वाधिनतामाथी, नेपालको शान्तिपूर्ण स्थितिमाथि, नेपालमा लोकतान्त्रिक प्रणालीमाथि, नेपालको संविधानमाथि आक्रमण गरिएको छ । आगोले मात्रै जलाइएको छैन, तरतरिकाले पनि जलाइएको छ । ’

यो समाचारमा

नेपाली काँग्रेसनेपाल कम्युनिष्ट पार्टी (एमाले)खड्गप्रसाद शर्मा ओलीकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    मन्त्री बर्खास्तपछि एमालेद्वारा सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता

    काठमाडौं ।नेपाल कम्युनिष्ट पार्टी (एमाले) सुदूरपश्चिम प्रदेश संसदीय दलले नेपाली काँग्रेस नेतृत्वको प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ। बुधबार बसेको संसदीय दलको बैठकले सोही दिन साँझ ५ बजेदेखि लागू हुने गरी सरकारप्रतिको समर्थन फिर्ता लिने निर्णय गरेको दलका नेता राजेन्द्रसिंह रावलले जानकारी दिए।आर्थिक वर्ष २०८३/८४ को बजेट

    Data is loading...

    Loading brands...

    Loading footer...