निर्वाचन आयोग पुगेर डा.कोइरालाले भने : कुनैपनि पदाधिकारी वा व्यक्तिलाई विशेष महाधिवेशन बोलाउने अधिकार छैन

Author

सजिलो पत्रिका

२०८२ माघ ०२, शुक्रबार

89
Share
Featured
  • डा. शेखर कोइरालाले शेरबहादुर देउवा नेतृत्वको केन्द्रीय कार्यसमिति नै आधिकारिक नेपाली कांग्रेस भएको दाबी गर्दै निर्वाचन आयोगमा उपस्थित भएर स्पष्ट पारे।
  • उनले विधानअनुसार ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशन बोलाउन सक्ने भए पनि कार्यसूची, कार्यतालिका र कार्यविधि तयार गर्ने अधिकार केवल केन्द्रीय कार्यसमितिकै भएको बताए।
  • कार्यवाहक सभापति पूर्णबहादुर खड्कासँगै कोइरालाले केन्द्रीय कार्यसमितिवाहेक कसैलाई विशेष महाधिवेशन बोलाउने अधिकार नभएको र संकलन गरिएका हस्ताक्षरमध्ये धेरै फिर्ता भइसकेको दाबी समेत गरेका छन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नेपाली काँग्रेसका नेता डॉ. शेखर कोईरालाले शेर बहादुर देउबा नेतृत्वको केन्द्रीय कार्यसमिति नै आधिकारिक नेपाली कांग्रेस भएको दाबी गरेका छन् ।

निर्वाचन आयोगमा आधिकारिकता दाबी गर्दै कार्यवाहक सभापति पूर्ण बहादुर खड्कासँग पुगेका नेता कोइरालाले विशेष महाधिवेशनको सम्पूर्ण कार्यतालिका केन्द्रीय कार्यसमितिले नै तय गर्नुपर्ने बताएका छन् ।

उनले विधानको स्पष्ट व्यवस्था उल्लेख गर्दै ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशन बोलाउने अधिकार राखेपनि त्यसको कार्यसूची, कार्यतालिका र कार्यविधि भने केन्द्रीय कार्यसमितिले मात्रै बनाउनुपर्ने बताए । नेपाली कांग्रेसको सिंगो केन्द्रीय कार्यसमिति निर्वाचन आयोगमै उपस्थित रहेको उल्लेख गर्दै उनले केही व्यक्ति मात्र अलग्गिएको टिप्पणी गरे ।

उनले भने, ‘४० प्रतिशत महाधिवेशन प्रतिनिधिहरुले बोलाउने अधिकार छ । तर विशेष अधिवेशन कार्यसूची, कार्यतालिका, कार्यविधि सबै केन्द्रीय कार्य समितिले बनाउनुपर्छ भन्ने कुरा प्रष्ट रुपले विधानले भनेको छ । नेपाली कांग्रेसको सिंगो केन्द्रीय कार्य समिति निर्वाचन आयोगमै हुनुहुन्छ । केही चोइटिएर जानुभएको होला । विधानमा कुनै पदाधिकारीलाई विशेष अधिवेशन बोलाउने अधिकार नै छैन । कसैले कुनै पदाधिकारी या कसैले पनि विशेष अधिवेशन बोलाउने अधिकार छ की छैन, कांग्रेसको विधानले त्यो अधिकार दिएको छैन ।’

डा. कोइरालाले नेपाली कांग्रेसको विधानअनुसार कुनैपनि पदाधिकारी वा व्यक्तिलाई एकल रूपमा विशेष महाधिवेशन बोलाउने अधिकार नदिइएको स्पष्ट पारे । विशेष महाधिवेशनका लागि संकलन गरिएका हस्ताक्षरमध्ये धेरै फिर्ता भइसकेको दाबी गर्दै नेता कोइरालाले ती हस्ताक्षर फिर्ता भएको निस्सा प्रमाणका रूपमा आफूहरूले ल्याएको समेत बताए ।

उनले भने, ‘व्यक्ति होइन हामीले संस्था खोजेको हो । त्यो संस्थालाई हेरेर अगाडि जानुपर्ने हुन्छ । सिग्नेचरहरु फिर्ता भएको निस्सा हामीसँग पनि छ ।’ यसैगरी कार्यवाहक सभापति पूर्णबहादुर खड्काले केन्द्रीय कार्यसमिति बाहेक विशेष महाधिवेशन बोलाउने अधिकार केन्द्रीय सभापतिलाई समेत नरहेको बताए ।

उनले भने, ‘केन्द्रीय कार्यसमिति बाहेक विशेष महाधिवेशन बोलाउने अधिकार केन्द्रीय सभापतिलाई पनि छैन, कार्यवाहाकलाई पनि छैन, कुनै पदाधिकारीलाई पनि छैन । व्यक्तिलाई पनि छैन ।’

यो समाचारमा

शेर बहादुर देउबापूर्ण बहादुर खड्कानिर्वाचन आयोगकाठमाडौँ
नेपाली काँग्रेस5 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    मन्त्री बर्खास्तपछि एमालेद्वारा सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता

    काठमाडौं ।नेपाल कम्युनिष्ट पार्टी (एमाले) सुदूरपश्चिम प्रदेश संसदीय दलले नेपाली काँग्रेस नेतृत्वको प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ। बुधबार बसेको संसदीय दलको बैठकले सोही दिन साँझ ५ बजेदेखि लागू हुने गरी सरकारप्रतिको समर्थन फिर्ता लिने निर्णय गरेको दलका नेता राजेन्द्रसिंह रावलले जानकारी दिए।आर्थिक वर्ष २०८३/८४ को बजेट

    Data is loading...

    Loading brands...

    Loading footer...