कांग्रेसको कुनै अधिवेशन वा विशेष महाधिवेशन भएको छैन : मीन विश्वकर्मा

Author

सजिलो पत्रिका

२०८२ माघ ०२, शुक्रबार

64
Share
Featured
  • नेपाली कांग्रेसले गगन थापा समूहले पार्टीको आधिकारिकता दाबी गर्दै भ्रम फैलाएको भन्दै त्यसबारे स्पष्ट गर्न १३५ केन्द्रीय सदस्यसहित निर्वाचन आयोग पुगेको छ।
  • प्रचार विभाग प्रमुख मीन विश्वकर्माले विशेष महाधिवेशन आह्वान गर्ने अधिकार सभापति र केन्द्रीय समितिलाई मात्र हुने भन्दै गगन समूहको दाबी निरर्थक भएको बताए।
  • कांग्रेसले १४औँ महाधिवेशनबाट निर्वाचित देउवा नेतृत्व नै वैधानिक रहेको, आगामी अधिवेशन र महाधिवेशनको कार्यतालिका तय भइसकेको र आयोगमा पार्टी नियमित रूपमा सहभागी हुँदै आएको स्पष्ट पारेको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नेपाली काँग्रेसका प्रचार विभाग प्रमुख मीन विश्वकर्माले गगन थापा समूहले पार्टीको आधिकारिकता दाबी गर्दै भ्रम फैलाएको भन्दै त्यसबारे जानकारी गराउन आफूहरू निर्वाचन आयोग पुगेको बताएका छन् ।

शुक्रबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै विश्वकर्माले कार्यवाहक सभापति पूर्ण बहादुर खड्कासहित १३५ जना केन्द्रीय सदस्य निर्वाचन आयोग गएको जानकारी दिए । उनका अनुसार गगन थापा समूहको दाबी निरर्थक रहेको र पार्टीले कुनै विशेष महाधिवेशन आह्वान नगरेको स्पष्ट पारे ।

‘विशेष महाधिवेशन आह्वान गर्ने अधिकार सभापति र केन्द्रीय समितिलाई मात्र हुन्छ,’ विश्वकर्माले भने, ‘उहाँहरूले काठमाडौं जिल्ला सभापतिको अध्यक्षतामा भेला गर्नुभएको छ, त्यो काठमाडौं जिल्ला अधिवेशन हुनसक्छ, तर केन्द्रीय तहको विशेष महाधिवेशन होइन ।’

उनले पछिल्लो समय केही पूर्व नेताहरूले निर्वाचन आयोगमा आएर नेपाली कांग्रेसको केन्द्रीय कार्य समिति परिवर्तन भएको, अद्यावधिक भएकोजस्ता दाबी गर्दै भ्रम सिर्जना गरेको र त्यसअनुसार सञ्चारमाध्यममा समाचार आएको थाहा पाएपछि पार्टी नेतृत्व गम्भीर भएको बताए ।

विश्वकर्माका अनुसार १४औँ महाधिवेशनबाट निर्वाचित सभापति शेर बहादुर देउबा, उपसभापति तथा कार्यवाहक सभापति पूर्णबहादुर खड्का, डॉ. शेखर कोईराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि, कल्याण गुरुङलगायत १३५ भन्दा बढी केन्द्रीय सदस्यको सामूहिक उपस्थितिमा निर्वाचन आयोगमा पार्टीको आधिकारिक धारणा राखिएको हो ।

‘हाम्रो पार्टीको कुनै अधिवेशन वा विशेष महाधिवेशन हालसम्म भएको छैन,’ उनले भने, ‘केन्द्रीय कार्य समितिको सर्वसम्मत निर्णयअनुसार चैत २१ गते वडा अधिवेशन, वैशाख २८, २९ र ३० गते केन्द्रीय महाधिवेशन हुने कार्यतालिका तय भइसकेको छ ।’

उनले नेपाली कांग्रेसले समानुपातिकतर्फको बन्दसूची निर्वाचन आयोगमा बुझाइसकेको, राष्ट्रिय सभाका उम्मेदवार मनोनयन तथा दर्ता गरिसकेको र आयोगका सबै बैठकमा आधिकारिक रूपमा सहभागी हुँदै आएको पनि स्पष्ट पारे ।

‘बीचमा केही व्यक्तिहरू आफूलाई नेपाली कांग्रेस भन्दै कानुनी आधारबिनै दाबी गर्दै आएका छन्,’ विश्वकर्माले भने, ‘पार्टीको वैधानिकता र आधिकारिकता जोगाउन तथा भ्रम चिर्न प्रारम्भिक सिद्धान्तका आधारमा हामी निर्वाचन आयोगमा गएर जानकारी गराएका हौं ।’

यो समाचारमा

काठमाडौँनेपाली काँग्रेसशेर बहादुर देउबाप्रकाशमान सिंह
गगन थापा6 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    भारतमा प्रश्नपत्र चुहावटविरुद्ध 'कक्रोच' आन्दोलन चर्कियो, संसद् भवन घेर्ने प्रयास

    काठमाडौं । भारतमा प्रश्नपत्र चुहावट र शिक्षा प्रणालीमा सुधारको माग गर्दै युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनले उग्र रूप लिएको छ। सोमबार हजारौँ प्रदर्शनकारीहरू राजधानी नयाँदिल्लीको जन्तरमन्तरमा भेला भई संसद् भवनतर्फ मार्च गर्ने प्रयास गरेका छन्। संसद्को मनसुन अधिवेशन जारी रहेकाले प्रहरीले सुरक्षाको कारण देखाउँदै मार्चको अनुमति नदिएपछि दिल्लीको सुरक्षा व्यवस्था अत्यन्त

    Data is loading...

    Loading brands...

    Loading footer...